एभरेष्ट बैंकद्धारा निःशुल्क पिउने पानी सुविधा
काठमाडौं, १६ असार । एभरेष्ट बैंकले काठमाडौंको पूरानो बानेश्वरमा अवस्थित रत्न राज्य उच्च माध्यामिक विद्यालयमा निःशुल्क पिउने पानी सुविधा स्थापना गरेको छ । एभरेष्ट बैंक संस्थागत सामाजिक उत्तरदायित्व प्रति सदैव सजग रहेको बैंकले बताएको छ । बैंकले समाजका आवश्यक क्षेत्रहरुमा सहयोग उपलब्ध गराउँदै आएको र साथै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रहरुमा सामाजिक कार्यहरु पनि सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
हिमालयन बैंकको एटिएम सेवा अब स्वयम्भूमा
काठमाडौं, १६ असार । हिमालयन बैंक लिमिटेडले स्वयम्भूमा भगवान पाउमा आफ्नो एटिएम स्थापना गरेको छ । उक्त एटिएमको स्थापना पश्चात बैंकको देशभर ८३ वटा एटिएम भएका छन् । बैंकका अनुसार उक्त एटिएमबाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जे.सि.बि., युनियन पे तथा एस. सि. टी. ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्नेछन् । यस एटिएमको स्थापनाले स्थानीय व्यक्तिहरु, यस क्षेत्रका विभिन्न संस्थाहरु, तथा विदेशी पर्यटकहरुले नगद निकाल्ने सुविधा पाउने बैंकले जनाएको छ ।
सनराइज बैंकको सेफ डिपोजिट लकर सुविधा बिर्तामोड शाखामा
काठमाडौं, १६ आसार । सनराइज बैंक लिमिटेडले आफ्नो सेफ डिपोजिट लकर सुविधा बिर्तामोड शाखामा बिस्तार गरेको छ । बैंकले यस शाखाबाट अत्याधुनिक बैंकिङ्ग सेवाहरुका साथै अब लकर सुविधा पनि प्रदान गर्नेछ । बैंकले मुलुकभर रहेको आफ्ना ५३ वटा शाखाहरु मध्ये २४ वटा शाखाहरुबाट सेफ डिपोजिट लकर सुविधा प्रदान गर्दै आएको छ । हाल बैंकले ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एंव सर्वसुलभ सेवाहरु प्रदान गरि रहेको छ । साथै बैंकका सातवटा शाखारहित बैंकिङ्ख सेवाहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ ।