विकासन्युज

लघुवित्त वित्तीय संस्थाले २६ जनाको लागि रोजगारी खुलायो

काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले २६ जनालाइ रोजगारी दिने भएको छ । ग्रामीण क्षेत्रमा रहेका बिपन्न वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न इच्छुकले मात्र आवेदन दिन पाउने संस्थाले जनाएको छ । पदको हकमा जुनियर अधिकृतले वाणिज्य, तथ्यांकशास्त्र वा गणित विषय लिई स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष लघुवित्त वा बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्नेछ । यस पदको लागि एक जना मागेको छ । शाखा प्रबन्धकको लागि १० जना मागको छ भने सहायकमा ५ जना मागेको छ । सहायकको लागि भने सोहि विषयमा १०+२ उत्तिर्ण गरी कम्तिमा १ वर्ष सोहि क्षेत्रको अनुभव हुनुपर्ने छ । त्यसैगरी, सहायक प्रशिक्षार्थी १० जना मागेको छ । जसमा १०+२ उत्तिर्ण हुनुपर्ने संस्थाले जानकारी दिएको छ । जुनियर अधिकृत पदको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्य पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा उमेरको हद ४० वर्ष हुनेछ । साथै, यसको परिक्षा लिखित, प्रस्तुतिकरण र अन्तवार्ता हुने संस्थाले जनाएको छ ।  

पर्यटन मन्त्रीले मनाए म्ह: पुजा, तस्विर सहित

काठमाडौं । राजधानीको अन्नपूर्ण होटलमा  प्याभिलियन समूहले म्ह पुजा आयोजना गरेको छ । परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । प्याभिलियन समूहले आयोजना गरेको म्ह पुजा कार्यक्रममा विभिन्न मुलुकबाट राजदुत तथा प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रममा पर्यटन मन्त्री जितेन्द्र नारायण देव र काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यको सहभागीता थियो । नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ । किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले म्ह पुगा गर्छन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।

१० वर्षअघिको साधारणसभा गर्दे बीमा संस्थान, ४२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थाले १० वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थानले कात्तिक १७ गते १ दशकअघिको ३० औं साधारणसभा गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष ०६३/०६४ देखि ०६५/०६६ सम्मको ३ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्ने भएको हो । कम्पनीले आव ०५८/०५९ देखि ०६३/०६४ सम्म कायम रहेको चुक्तापुँजीको ४२.११ प्रतिशतका दरले हुन आउने ५ करोड १७ लाख २० हवजारबोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । संस्थानले आव ०७१/०७२ देखिको लेखापरीक्षण गर्नका लागि परीक्षण नियुत्त गरेको छ । महालेखा परीक्षकको कार्यलयले कार्वाहीको चेतावनी दिएपछि संस्थानले लेखापरीक्षक नियुक्त गरेर काम अघि बढाएको छ ।  

माछापुच्छ्रे बैंकको १ लाख ६० हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामीमा राखिएको छ । बैंकको संस्थापक सेयर २० हजार २ कित्ता र सर्बसाधारण समूहको १ लाख ४० हजार ७४० कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो। बैंकले गत साउन ५ देखि भदौं ७ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरका लागि आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर लिन कात्तिक ५ देखि १३ गतेसम्म आवेदन गर्न सकिने बैंककोसेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।  

केयुकेएल, खानेपानी बोर्ड र बीमा कम्पनीमा १४६ जनालाई जागिर खुल्यो, आवेदन दिने समय १ महिना

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरण सम्बन्धि र एक बीमा कम्पनीले गरी १४६ जनालाई रोजगारी दिने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न तहका लागि शुक्रबार जागिर खुलाएका हुन् । केयुकेएलले उपप्रवन्धकदेखि सिनियर प्लम्बरसम्मका लागि ९१ र बोर्डले प्रशासकिय अधिकृतदेखि कानुन सहायकसम्म गरी १९ जनाका लागि शुक्रबार जागिरका लागि सुचना प्रकाशित गरेका छन् । सुचना प्रकाशित भएको मितिले ३० दिन अर्थात कात्तिक अन्तिमसम्म म्याद तोकिएको केयुकेएलले जनाएको छ । अधिकृत स्तरका लागि २१ वर्ष पुरा गरी ४५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पुराभई ४० वर्ष ननाघेको हुनु पर्ने व्यवसथा गरिएको छ । केयुकेएलले परीक्षा दस्तुर उपप्रवन्धक ९ औ तहका लागि १ हजार २ सय र सिनियर प्लम्बरका लागि ४ सय रुपैयाँ तोकेको छ । यस्तै बोर्डले पनि सुचना प्रकाशित भएको १ महिनाभित्र आवेदन दिन भनेको छ । पुरुषका हकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिला आवेदक २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । परिक्षा दस्तुर प्रशासकिय अधिकृत ७ औ तहकाका लागि १ हजार र कम्प्युटर सहायक ५ औं तहका लागि ८ सय रुपैयाँ तोकेको छ । यस्तै बीमा कम्पनीले मुख्य व्यवस्थापकदेखि सहायकसम्म गरी विभिन्न ३६ पदपूर्तिका लागि जागिर खुलाएको छ । १० तहका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र ४ तहका लागि १८ वर्षपुरा भई ३५ वर्ष ननाघेका हुनुपर्ने व्यवस्था गरेको छ । दरखास्त पेश गर्ने अन्तिम मिति कात्तिक २३ गते तोकेको कम्पनीले जनाएको छ ।

गौचनको हत्यारा पत्ता नलागेसम्म बोलपत्रमा भाग नलिन निर्माण व्यवसायी महासंघको निर्देशन

काठमाडौं । निर्माण व्यसायी शरदकुमार गौचनको हत्यारा पत्ता नलागेसम्म सरकारी बोलपत्रमा भाग नलिन नेपाल निर्माण व्यवासायी महासंघले सदस्य प्रतिष्ठानलाई निर्देशन दिएको छ । निर्देशन अवज्ञा गरी बोलपत्रमा भाग लिए कार्वाही गर्ने महासंघले सदस्य प्रतिष्ठानलाई चेतावनी समेत दिएको छ । गौचनको हत्यारा पत्ता लगाइ कडा कार्वाही गर्न महासंघले सरकारसंग माग गरेको छ । महासंघले व्यवसायी गौचनलाई सहिद घोषणा गर्न समेत माग गरेको छ । गत सोमबार महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्नं सकेको छैन् ।

विना सूचना विद्युत आपूर्ति बन्द गरे ५ लाख जरिवाना

काठमाडौं । विना सुचना विद्युत आपूर्ति बन्द गर्ने प्रवद्र्धकमाथि कार्वाही हुने भएको छ । व्यवस्थापिका संसदबाट हालै पारित भएको विद्युत नियमन आयोग ऐनमा विना सुचना तथा अनुमति विना विद्युत आपूर्ति बन्द गरेमा ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघिको विद्युत ऐनमा यस्तो व्यवस्था थिएन् । ऐनको दफा १९ मा यस्तो व्यवस्था गरिएको छ । आयोगले गरेको जरिवनामा चित्त नबुझे प्रवद्र्धकले उच्च अदालत पाटनमा पुनरावेदन गर्न पाउने व्यवस्था ऐनमा गरिएको छ । आयोजनाका प्रवद्र्धकलाई बढी जिम्मेबार बनाउन ऐनमा यस्तो व्यवस्था गरिएको हो । यस्तै आयोगले ग्रीड र वितरण संहिता स्वीकृत, विद्युतको खरिदबिक्री दर निर्धारण गर्दा, विद्युत खरिदमा सम्झौता दिदा, प्रसारणलाइन तथा वितरण दस्तुर लगायत महशुल दस्तुर निर्धारण गर्दा शुल्क लिने व्यवस्था ऐनमा गरिएको छ । यस्तै अनुमतिप्राप्त संस्थाको खरिदबिक्री गर्दा आयोगलाई शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ । आयोगले विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), विद्युत महशुल निर्धारण, विद्युत खरिदबिक्री दर (पीपीए) का अतिरित्त प्रसारणलाइन शुल्क निर्धारणलगायतका काम गर्ने जिम्मेबारी दिएको छ । सरकारले आयोग गठनको तयारी गरेको छ ।

अाउदाे पुससम्म साढे ३ लाखले घर बनाउन अनुदान पाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको जनाउँदै प्राविधिक सहयातामा अझै बढी केन्द्रित हुन विकास साझेदार संस्थाका प्रतिनिधिलाई आग्रह गरेको छ । विकास सहायता समन्वय तथा सहजीकरण समितिको पाँचौँ बैठकमा आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा.डा गोविन्दराज पोखरेलले हालसम्म निर्माण भएका र भइरहेका निजी आवास करिब २ लाख पुगेको र तिहारपछि धेरै लाभग्राहीले निजी आवास पुनर्निर्माण शुरु गर्ने योजना बनाएकाले आगामी पुस मसान्तसम्म सो संख्या ३ लाख ५० हजार पुग्ने बताए । पोखरेलले हालै मात्र सरकारले घोषणा गरेको निर्माणाधीन घर धितो राखी अधिकतम रु तीन लाखसम्मको निब्र्याजी ऋणले विपन्न समुदायलाई मद्दत पुग्ने विश्वास व्यक्त गरे । उहाँले निर्माण जनशक्ति सबैभन्दा ठूलो अवरोधका रुपमा रहेको उल्लेख गर्दै भूकम्प प्रभावितबाहेकका अन्य जिल्लामा पनि जनशक्ति उत्पादनका लागि तालीम संचालन गर्ने तयारी भइरहेको बताए । बैठकमा प्राधिकरणका प्रवक्ता यमलाल भुसालले पुनर्निर्माण प्रगति, प्रमुख नीतिगत कार्य, वित्तीय अवस्था, पुनःजाँच र पुनःसर्वेक्षणको अवस्था, स्थानीय तहको भूमिका, १७ जिल्लामा कार्यान्वयनको अवस्था, प्राधिकरणको जनशक्तिको अवस्था आदि विषयमा कार्यपत्र प्रस्तुत गरेका िथए । विकास साझेदार संस्थाका प्रतिनिधिले प्राधिकरणद्वारा गरिएका निब्र्याजी ऋण, निजी आवास निरीक्षण, प्राधिकरणको सञ्चार रणनीति, गुनासो व्यवस्थापनलगायत विषयमा धारणा राखेका थिए । बैठकमा नेपालको पुनर्निर्माण क्षेत्रमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधि, प्राधिकरणका कार्यकारी समितिका सदस्य, प्राधिकरणका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुखलगायतको सहभागिता थियो । रासस