हिरोको दोस्रो र तेस्रो विजेताको नाम घोषणा, विजेताले जिते एक लाख रुपैयाँ नगद
काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दोस्रो र तेस्रो भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । “यो दशैं र तिहारमा भाग्य मनि भए” भन्ने हिरोको नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा घनश्याम बुढा र पहल सिंह रास्कोटी मगरले एक–एक लाख रुपैयाँ नगद जितेका छन् । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने छन् । साथै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् । अ
एनएलजी इन्योरेन्सको मोबाइल एप्स सञ्चालनमा, बीमाको सम्पूर्ण जानकारी पाइने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एनएलजी मोबाइल एप्स’ सार्वजनिक गरेको छ । यस मोबाइल एप्सबाट कम्पनीले दिने बीमा सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकाे छ । मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुका बारेमा अावश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिनसक्ने व्यवस्था समेत एप्समा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निकट भविष्यमा यस एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बीमा लेखको तथा दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी प्राप्त गर्न सक्ने छन् । उक्त एप्स गुगल प्लेमा गई एनएलजी एप्स डाउनलोड गरि प्रयोगमा ल्याउन सकिने र एकपटक डाउनलोड गरिसकेपछि सोही एप्सलाई अफ लाइनमा समेत प्रयोगमा ल्याउन सकिने कम्पनीले बताएको छ ।
किसान माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने, पुँजी ५ करोड रुपैयाँ नाघ्ने
काठमाडौं । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ५ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३० रुपैयाँ रहेको छ ।
चिलिमे हाइड्रोपावरको बुक क्लोजको मिति परिर्वतन, कात्तिक ६ गतेदेखि हुने
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति परिर्वतन गरेको छ । कम्पनीले शुक्रबार नयाँ सूचना सार्वजनिक गर्दै कम्पनीको बुक क्लोजको मिति परिर्वतन भएको जानकारी दिएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ सूचना अनुसार कम्पनीको कात्तिक ६ गतेदेखि कात्तिक २४ गतेसम्म बुक क्लोज हुनेछ । यसअघि कम्पनीले जम्मा एक दिनको समय राखेर बुक क्लोजको सूचना सार्वजनिक गरेको थियो । तर कानुनी प्रावधान अनुसार जुनसुकै कम्पनीको बुक क्लोजको सूचना एक साता अघि नै दिनुपर्ने छ । यस कम्पनीले कानुन विपरित बुक क्लोजको सूचना सार्वजनिक गरेको भन्दै लगानीकर्ताले विरोध गरेपछि बुक क्लोजको मिति परिर्वतन गरिएको हो । यस कम्पनी आगामी कात्तिक २४ गते कम्पनीको २१औं वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लभांश दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । नयाँ सूचना
विद्युत् प्राधिकरणले भन्योः तिहारमा पनि लोडसेडिङ हुदैन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आउदो तिहारमा लोडसेडिङ नहुने जानकारी दिएको छ । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा यसपाली पनि लोडसेडिङ हुन नदिन प्राधिकरण माग व्यवस्थापनको आन्तरिक काममा जुटेको छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । आउदो तिहारमा सकेसम्म लोडसेडिङ हुन नदिन आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । आउदो बिहीबार लक्ष्मीपूजाको दिन बिजुलीको माग बढेर १ हजार ५५० मेगावट पुग्ने अनुमान गरिएको उनले जानकारी दिए । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात गरिने श्रेष्ठले जानकारी दिए । हाल भारतबाट ३४५ मेगावाट हारहारीमा बिजुली आयात भइरहेको छ । यो वर्ष भारतबाट साढे ४ सय मेगावाट बिजुली आयात गर्ने तयारी प्राधिकरणको छ । साँझमा उद्योगको ३ सय मेगावाट बिजुली काटेपछि ४० देखि ५० मेगावाट जति बिजुली आपूर्ति अपुग हुने उनले जानकारी दिए । “काठमाडौं उपत्यकालगायत प्रमुख शहरमा लोडसेडिङ हुदैन” उनले भने “प्रसारणलाइन समस्याले गर्दा केही स्थानमा हुन सक्छ । सकेसम्म हामी लोडसेडिङ गर्दैनौ ।” गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । गत वर्ष काठमाडाैं उपत्यकामा मात्रै लोडसेडिङ मुक्त भएकाे थियाे । यो वर्ष १ सय मेगावाट बिजुली माग थप हुने प्राधिकरणको प्रक्षेपण छ । हाल १ हजार ५० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग १ हजार ३५० मेगावाट रहेको उनले बताए । प्रणालीमा ३ सय मेगावाट बिजुली आपूर्ति कम भएपनि प्राधिकरणले लोडसेडिङ गरेको छैन् । कलेखानी भरीन अझै साढे ८ मिटर बाँकी मुलुकको एकमात्र जलासययुक्त आयोजना कुलेखानीको जलासय १ हजार ५२१.६ मिटर भरिएको छ । यो वर्ष जलासय भरिएर १ हजार ५२४ मिटर पुग्ने अनुमान गरिएको श्रेष्ठले बताए । गत वर्ष जलसतह १ मिटर कम अर्थात १ हजार ५२३ मिटर थियो । हाल प्राधिकरणले कुुलेखानी आयोजना बन्द गरेको छ । आवश्यकताअनुसार कहिलेकाही मात्र सञ्चालन हुने उनले जानकारी दिए । कुलेखानी पहिलो र दोस्रो गरी ९२ हाल ९२ मेगावाट बिजुली उत्पादन हुन्छ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न भएपछि कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने छ ।
४० प्रतिशत हकप्रद पछि गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ४० प्रतिशत हकप्रद पछि सेयर मूल्य समायोजन भएको छ । सो मात्राको हकप्रद सेयर पछि शुक्रबार मात्रै नेप्सेले यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहको थियो ।
लघुवित्त वित्तीय संस्थाले २६ जनाको लागि रोजगारी खुलायो
काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले २६ जनालाइ रोजगारी दिने भएको छ । ग्रामीण क्षेत्रमा रहेका बिपन्न वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न इच्छुकले मात्र आवेदन दिन पाउने संस्थाले जनाएको छ । पदको हकमा जुनियर अधिकृतले वाणिज्य, तथ्यांकशास्त्र वा गणित विषय लिई स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष लघुवित्त वा बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्नेछ । यस पदको लागि एक जना मागेको छ । शाखा प्रबन्धकको लागि १० जना मागको छ भने सहायकमा ५ जना मागेको छ । सहायकको लागि भने सोहि विषयमा १०+२ उत्तिर्ण गरी कम्तिमा १ वर्ष सोहि क्षेत्रको अनुभव हुनुपर्ने छ । त्यसैगरी, सहायक प्रशिक्षार्थी १० जना मागेको छ । जसमा १०+२ उत्तिर्ण हुनुपर्ने संस्थाले जानकारी दिएको छ । जुनियर अधिकृत पदको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्य पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा उमेरको हद ४० वर्ष हुनेछ । साथै, यसको परिक्षा लिखित, प्रस्तुतिकरण र अन्तवार्ता हुने संस्थाले जनाएको छ ।
पर्यटन मन्त्रीले मनाए म्ह: पुजा, तस्विर सहित
काठमाडौं । राजधानीको अन्नपूर्ण होटलमा प्याभिलियन समूहले म्ह पुजा आयोजना गरेको छ । परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । प्याभिलियन समूहले आयोजना गरेको म्ह पुजा कार्यक्रममा विभिन्न मुलुकबाट राजदुत तथा प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रममा पर्यटन मन्त्री जितेन्द्र नारायण देव र काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यको सहभागीता थियो । नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ । किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले म्ह पुगा गर्छन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।