विकासन्युज

माथिल्लो अरुण जलविद्युत आयोजनाको काम अघि बढाउन परामर्शदाताको छनौट हुदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनाको कामा अघि बढाउने भएको छ । आयोजनाले वातावरण र सामाजीक प्रभावको असर आँकलन, सञ्चयमान असर र सामाजीक अध्ययन ५ वटा परामर्शदाता कम्पनी छनौट गरेको छ । बोलपत्रमा यी कम्पनीले भाग लिन पाउने छन् । माथिल्लो अरुणको अतिरित्त इखुवा खोला जलविद्युत आयोजना वातावरणीय र सामाजिक प्रभावको मुल्याङ्कन गर्नेछ । आयोजनाको लागि छानिएका परामर्शदातामा अर्टेलीया इएयु एण्ड इन्भाइरोन्मेन्ट फ्रान्स, इएलसी इलेक्ट्रो–कन्सल्ट एसपीए, इटाली, इन्भाइरोन्मेन्टल रिसोर्सेस म्यानेजमेन्ट (इआरएम) अमेरिका, मोट् म्याकडोनाल्ड लिमिटेड वेलायत तथा नेपाल इन्भाइरोन्मेन्टल एण्ड साइन्टिफीक सर्भिसेस प्राली र जेभी अफ मल्टि कन्सल्ट एएसए, नर्वे जसको लीड पार्टनर डेल्टरर्स, नेदरल्याण्ड(जेभी पर्टनर्स) एण्ड टेट्राटेक, क्यालिफोर्नीया(जेभी) पर्टनर्ड इन एसोसीएसन विथ हाइड्रो कन्सल्ट इन्जिनीयरिङ रहेका छन् । विद्युत प्राधिकरणले ३ सय ३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न कम्पनी दर्ता गरेको छ । आफ्नो शतप्रतिशत स्वँपुजी (इक्विटी) रहने गरी कम्पनी दर्ता गरेको हो । सहायक कम्पनीको रुपमा ‘अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी’ कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको प्राधिकरणले जानकारी दिएको छ । सस्तो तथा आकर्षक मानिएको आयोजना यसअघि मन्त्रिपरिषदले प्राधिकरणमार्फत बनाउने निर्णय गरेको थियो । प्राधिकरण सञ्चालक समितिले पनि कम्पनी दर्ता स्वीकृत गरेको थियो । प्राधिकरणले सन् १९९१ मा सम्भाव्यता अध्ययन गरेको आयोजनाको लागत ५३ करोड ४० लाख अमेरिकी डलर अनुमान गरिएको छ । यस्तै, आयोजनाको प्रतियुनिट लागत २.७४ रुपैयाँमात्र पर्ने अध्ययनले देखाएको छ । आयोजनामा स्थानीयलाई सेयर दिने व्यवस्था गरिएको छैन । तर, यसको सट्टा प्राधिकरणले ३० मेगावाटको इंखुवाखोला निर्माण गरिदिने भएको छ । अहिले यसको अध्ययन अघि बढाइएको छ । ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा बनाउने योजना छ । आयोजनालाई विश्व बैंकले सहयोग गर्ने समझदारी भएको छ ।  

नेप्से ८ अंकले बढ्दा ५१ करोडको सेयर कारोबार, सबै समूह उकालो

काठमाडौं । आइतबार नेप्से परिसूूचक ८ दशमलब २६ अंकले बढेर १५१८ अंकमा पुगेको छ । बजारमा ५१ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी डिप्रोक्स डेभलपमेन्ट बैंकको १५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको पनि १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३० अंकले बढेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः २६ र १२ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । सो दिन प्रोगेसिभ फाइनान्स र बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.६२ र ९.४५ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।

सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी ८ अर्ब नाघ्यो

काठमाडौं । सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १३औं वार्षिक साधारणसभाले संचालक समितिको सो मात्रामा बोनस दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत बोनस वितरण गर्ने भएको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको बैंकले जनाएको छ । साथै, सोही दिन संस्थापन समूह (समूह “क”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकमा विनयकुमार श्रेष्ठ, तुकप्रसाद पौडेल र शाम्वा लामा निर्वाचित भएका छन् । बैंकले आर्थिक वर्ष २०७३/७४ मा खुद नाफा १ अर्ब ३३ करोड रुपैयाँ कमाएको छ । बैंकको कुल सम्पत्ति ६९ अर्ब ९५ करोड रुपैयाँ, कुलनिक्षेप ५७ अर्ब ७५ करोड रुपैयाँ, तथा कर्जा सापटी खुद ५१ अर्ब २६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.२३, २४.६२, २६.७६, र २५.१६ प्रतिशतले बृद्धि गरेको छ ।

ग्याब्रिएलका सक एब्जर्बर र टायर नेपालमा

काठमाडौं । ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर अब आधिकारिक रुपमा नेपालबाट बिक्री हुने भएका छन् । सत्यदिप इन्टरनेसनल र शिवम इन्टरनेसनल ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका लागि आधिकारिक वितरक बनेका छन् । काठमाडौंमा च्यानल पार्टनर मिटको आयोजना गरी ग्याब्रिएल इन्डिया लिमिटेडका एक्सपोर्ट हेड अनिल शर्मा, जोनल म्यानेजर (इस्ट) नवेद बेग चुग्दाई र नेपालका लागि इन्चार्ज आरके सिंहले संयुक्त रुपमा यसको घोषणा गरेका हुन् । सो अवसरमा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमाल तथा शिवम इन्टरनेसनलका सञ्चालक मनोज कोचरको समेत उपस्थिति थियो । सो अवसरमा ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका साथै कम्पनी र यसका अन्य उत्पादनको वारेमा समेत जानकारी प्रदान गरिएको थियो । ग्याब्रिएल इन्डियाले टु ह्विलर, थ्री ह्लिर, प्यासेन्जर कार र कमर्सियल गाडीहरुको सक एब्जर्बर उत्पादन गर्दै आएको छ । त्यसैगरी ग्याब्रिएल इन्डियाले दुई पांग्रे र तीन पांग्रे सवारीका लागि टायर उपलब्ध गराउदै आएको छ । छोटो समयमै यो टायरको भारतमा उच्च माग भएकाले नेपालमा समेत बिक्रीका लागि उपलब्ध गराएको कम्पनीको भनाइ छ । आनन्द ग्रुप अन्तर्गतको ग्याब्रिएल इन्डिया सन् १९६१ मा स्थापना भएको थियो । हाल कम्पनीले सक एब्जर्बर, स्ट्रट र फ्रन्ट फोर्क गरी अटोमोटिभ सेगमेन्टका ३ सय भन्दा बढी मोडलका उत्पादन उपलब्ध गराउदै आएको छ । भारतमा राइड कन्ट्रोल सम्बन्धी पार्ट्स उपलब्ध गराउने कम्पनीमा ग्याब्रिएल इन्डियाको नाम अग्रपंक्तिमा आउछ । भारतको पुनेलगायतका ७ स्थानमा यसका कारखाना रहेका छन् । भारतमा उत्पादन हुने विभिन्न कम्पनीका दुई पांग्रे तथा चार पांग्रे सवारीमा ग्याब्रिएलका सक एब्जर्बर ओरिजिनल इक्विपमेन्ट (ओई) को रुपमा सुरुमै फिटिङ भएर आउछन् । ग्याब्रिएल इन्डियाले जापानको केवाईबी, स्पेनको केवाईबीएसई र यामाहा मोटर हाइड्रोलिक सिस्टम, जापानसँग पहिले देखि नै प्राविधिक सहकार्य गर्दै आएको छ । हालै कम्पनीले केओएनआई सक एब्जर्भरसँग टेक्नोलोजी लाइसेन्स एग्रिमेन्ट समेत गरेको छ । उच्च स्तरीय तालिम प्राप्त जनशक्ति, उच्च पर्फमेन्सयुक्त उत्पादन र विश्वस्तरीय म्यानुफ्याक्चरिङ फ्यासिलिटी भएकाले ग्याब्रिएल इन्डिया विभिन्न पुरस्कार र सम्मानबाट समेत सुशोभित भएको छ । पछिल्लो समयमा द इकोनोमिक टाइम्स र द ग्रेट प्लेस टु वर्क इन्स्टिच्युट, इन्डियाद्वारा अध्ययन गरिएको ‘इन्डियाज द बेस्ट कम्पनीज टु वर्क फर २०१६’ मा ग्याब्रिएल इन्डिया पनि सूचीकृत भएको छ । विभिन्न कम्पनीहरुले प्रदान गरेका यस्ता दर्जनौ पुरस्कारबाट ग्याब्रिएल इन्डिया पुरस्कृत भइसकेको छ ।

१० वटा कानुनमा एकै दिन राष्ट्रपतिको हस्ताक्षर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १० वटा कानुनमा हस्ताक्षर गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदले पारित गरेका १० वटा बिधेयकमा लालमोहर लगाएकी हुन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) ले संसदले पारित गरेको बिधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्ने व्यवस्था गरेको छ । राष्ट्रपतिले लाल मोहर लगाएपछि मात्रै ती कानुनहरु कार्यान्वयनमा आउने व्यवस्था छ ।  यी हुन लाल मोहर लागेका १० बिधेयक राष्ट्रिय दलित आयोग विधेयक, २०७४ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, २०७४ स्थानीय सरकार सञ्चालन विधेयक, २०७४थारु आयोग विधेयक, २०७४ प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ राष्ट्रिय महिला आयोग विधेयक, २०७४ मुस्लिम आयोग विधेयक, २०७४कर्मचारी समायोजन विधेयक, २०७४ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४

तरकारी किन्न बजार जाने झन्झट सकियो, अब १ क्लिकले भान्छामै आइपुग्छ अर्गानिक तरकारी

काठमाडौं । तपाईंलाई तरकारी किन्न बाहिर जान समय छैन, वा अल्छि लाग्छ भने चिन्ता नलिनुस् । तपाईंको एक क्लिकमा घर बसी बसी ताजा र अर्गानिक तरकारी भान्छामा आइपुग्छ । तपाईंले अनलाइनबाटै आफुलाई चाहिएको तरकारी अर्डर गर्नसक्नुहुन्छ । आजभोलीको व्यस्त जीवनशैलीमा समयको बचत गर्न चाहने र अर्गानिक खानपीन रुचाउनेका लागि यो सुविधा उपयोगी छ । विभिन्न जिल्लाका अर्गानिक कृषि फार्मसँगको सहकार्यमा ग्रिनग्रोथले अनलाइनमार्फत तरकारी बेचिरहेको छ । तरकारी मात्र होइन यसले जुम्लाको रातो चामल, मुस्ताङको स्याउ, इलामको चिया अनि सिन्धुलीका ताजा अर्गानिक जुनार समेत अनलाइनबाट अर्डर लिएर ग्राहकलाई होम डेलीभरीसहितको सुविधा दिइरहेको छ । ग्रिनग्रोथले अर्गानिक तरकारी र फलफुल मात्र बिक्री गर्दे आएको छ । यसरी आयो यस्तो सोच आफ्नो व्यापारलाई इन्टरनेट तथा गुगल म्यापमा कसरी राख्न सकिन्छ भनी तालिम दिने क्रममा व्यवसायी सौरभ ढकाल जुम्लामा पुगेका थिए । प्रविधि र सञ्चारलाई जोडेर जीवनलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रशिक्षण दिइरहेका ढकाललाई त्यहाँका स्थानीयले व्यवहारमा कसरी उतार्न सकिन्छ ? भन्ने प्रश्न गरेका थिए । ’सहभागीबाट यस्तो प्रश्न आएपछि सैद्धन्तिक ज्ञान दिइरहेका हाम्रा लागि सच्चिकै च्यालेन्ज थियो,’उनी भन्छन् । स्थानीयले तालिममा त्यहाँ उत्पादित चामलको बजार खोजिदिनुपर्‍यो भनेका थिए । जुम्लाका किसानले बजार नपाएका बेला नयाँ मोडेलबाट व्यवसाय गर्ने उनले सोचाइ बनाएका थिए । यसैक्रममा काठमाडौंमा ल्याइएका चामलका बोरालाई उनीहरुले पहिलोपटक आफ्नो फेसबुक तथा ट्विटरमा फोटो खिचेर प्रचार गरेका थिए । अनलाइनमा राखेको फोटाको माध्यमले चामल बिक्री भएपछि उनलाई अनलाइन व्यापारको गर्ने सोचाइ आएको उनी बताउछन् । सन् २०१५ मा योजना बनाएका उनीहरुले यसलाई गतवर्षदेखि संस्थागतरुपले सञ्चालनमा ल्याएका हुन् । कति छन् दैनिक ग्राहक ? अहिले ग्रीनग्रोथका ३५० जना ग्राहक छन् । सातामा करिब डेढ लाख रुपैयाँ बराबरको अर्गानिक तरकारी, फलफुलको कारोबार भइरहेको ढकालले जानकारी दिए । साता २० देखि ३० जनाको हाराहारीमा उपभोक्ताले ग्रिनग्रोथमा तरकारी लिन अर्डर गर्ने गर्छन् । अहिले ग्रीन ग्रोथले काठमाडौ उपत्यकामा ४ सय ग्राहकलाई तरकारी र फलपुल अनलाइनबाटै आपूर्ति गरिरहेको छ । १ हजार रुपैयाँ भन्दा कम मूल्य बराबरको सामानको डेलिभरीका लागि ५० रुपैयाँ तिर्नुपर्छ । सो भन्दा बढीको डेलिभरी निःशुल्क गरिएको छ । ग्रिनग्रोथका सिन्धुपाल्चोक, रसुवा जुम्ला इलाम गरी ९ वटा पार्टनर फार्म छन् । उनले भने, ‘हामीले हरियो तरकारी काभ्रेको पातले गाँउ अर्गा्निक फार्मबाट ल्याउँछौं ।’ यसरी गर्नुपर्छ अर्डर ग्राहकले वेबसाइटमा गएर आफ्नो रोजाइ अनुसारका सामान खरिद गर्न सक्छन् । अनलाइन फारममा नाम, ठेगाना, फोन नम्बर, इमेल र डेलिभरीका लागि चाहिने दिन सहित भरेर पठाउनुपर्छ । ग्रिनग्रोथले सोमबार, बुधबार र शनिबार मात्र सामानको डेलिभरी गर्छ । ताजा तरकारी डेलिभरी गर्नुपर्ने भएकाले हप्तामा तीनदिनमात्र डेलिभरी सुविधा राखेको ढकालले बताए । उनले भने, ’हामीले सामान डेलिभरी गर्नुपूर्व नियमित ग्राहकलाई फोन गरेर अर्डर लिन्छौं । तपाईंले आइतबार अर्डर गर्नुभयो भने सोमबार डेलिभरी हुन्छ तर सोमबार अर्डर गरेमा बुधबार मात्र तरकारी आइपुग्छ ।’ तरकारीको मूल्य यहाँको तरकारीको मूल्य कालीमाटीको बजार भन्दा महँगो छ तर त्यहाँको तरकारी जस्तै रसायन नभएको ढकाल दाबी गर्छन् । उनले भने, ’हाम्रो अर्गानिक तरकारीलाई बजारको रसायनयुक्त तरकारीलाई दाज्न मिल्दैन । तर बजारका अरु अर्गा्निक तरकारी भन्दा ग्रिनग्रोथको तरकारी सस्तो छ । हाम्रोमा बिचौलिया र संचालन खर्च कम छ ।’ उनले २० प्रतिशत मात्र नाफा लिने गरेको जानकारी दिए । जुम्लाबाट स्याउ आपूर्ति गर्दा काठमाडौसम्म ल्याउदा किसानले नै भाउ तोक्ने गरेको बताउदै उनले त्यसमा २० प्रतिशत थपेर बिक्रीवितरण गरिरहेको जानकारी दिए । पैसा कसरी तिर्ने ग्रिनग्रोथमा तरकारी अर्डर गर्ने बित्तिकै पैसा तिर्नुपर्दैन । नियमित ग्राहकलाई महिनावारीरुपमा बिल तिर्ने व्यवस्था मिलाइएको छ । कसरी हुन्छ डेलिभरी हामीले उपभोक्ताले अनलाइनबाट पठाएको अर्डरको सूचीलाई टिपेर फार्ममा पठाउछौं । फार्म धनीले तरकारीको सूची हेरी तरकारी टिपेर काठमाडौं पठाउँछन् । त्यसलाई डालोमा हालेर ग्राहकमाझ पुर्याउने गरेको ढकालले बताए । ग्रीन ग्रोथको टिममा ६ जना छन् । ’तरकारी बाहेक स्टकमा राख्न मिल्ने सामानलाई एकमुष्ट लिएर आउछौं र अर्डर अनुसार तत्काल बिक्री गर्न सक्छौं,’ उनले भने । ग्रीन ग्रोथले आपूर्ति गर्ने तरकारी ’अर्गानिक’ नै छन् ? ग्रिन ग्रोथले तरकारी सप्लाई गर्ने फार्मलाई अर्गा्निक सर्टिफिकेसन नेपाल (ओसिएन)ले अर्गा्निक भएको प्रमाणित गरेको छ । यसरी अर्गानिक प्रमाणपत्र प्राप्त गर्ने ग्रिनग्रोथ नेपालकै पहिलो कम्पनी भएको ढकालको दाबी छ । ग्रिनग्रोथले शत प्रतिशत रसायन रहित तरकारी उत्पादनलाई प्राथमिकतामा राखेको उनले बताए । ग्रीन ग्रोथको भावी योजना ग्रिन ग्रोथले आफ्नो सेवालाई विस्तार गरी उपत्यकाका तीनवटै जिल्लामा आउटलेट खोल्ने योजना बनाएको ढकालले जानकारी दिए । त्यस्तै नयाँ एप निर्माण गरेर एपबाटै लग इन गरेर अर्डर गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । उनले भने, ’माग अनुसार सेवालाई विस्तार गर्दै लैजाने रणनिती छ ।’

होङ्गसी शिवम् सिमेण्ट खानीसम्म ४० किलोमिटर सडक निर्माण गर्दै

काठमाडौं । सडक विभागले नपलपरासीको दुम्कीबासदेखि पाल्पाको भुटुकेसम्म होङ्गसी शिवम सिमेण्टको चुनढुङा खानीसम्म पुग्न सडक निर्माण गर्ने भएको छ । यस सडकको लम्बाई ४० किलोमीटर हुने भु–वातावरण तथा सामाजीक शाखाले जनाएको छ । सडक नवलपरासीको विनयी त्रिवेणी गाउँपालीकाको दुम्कीबासबाट शुरु भई पाल्पाको निस्दी गाउँपालीकाको भुटुकेसम्म जोडिने छ । कम्पनीलाई सिमेन्टको कच्चापदार्थ क्लिङकर उत्पादनका लागि चुनढुङा खानी आवश्यक परेको हो । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने उद्योगमा चीनबाट ३७ अर्ब रुपैयाँ वैदेशिक लगानी आएको छ । लगानी बोर्ड र होङसीबीच आयोजना लगानी सम्झौता भइसकेको छ । होङसीले कारखाना निर्माणको काम थालेको छ । आउदो २ वर्षभित्र सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको छ । यस आयोजनाबाट प्रभाव पर्न सक्ने क्षेत्र नपलपरासीको विनयी त्रिवेणी गाउँपलीकाको वडा नं. १, २, ३ र ४(साविक वेणीमणिपुर गाविस) तथा पाल्पाको निस्दि गाउँपलीकाको वडा नं. ७ (साविक ज्यामिरे गाविस) रहेको छ ।

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेताहरु घोषित

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको पाचौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा यम बहादुर दमाई, नन्दा कुमारी गुरुङ्, कल्पना मोक्तान, रमिना खातुन्, सुशिला ढुङ्गाना, बिष्णु मोक्तान, र ममता पुन मगर छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा बिष्णु कुमार मगर र रेफ्रीजेरेटर विजेताका रुपमा देवीसरा रेग्मी छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लछित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दूबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।