विकासन्युज

३ महिनामा बैंक अफ काठमाण्डुको नाफा ५ करोड घट्यो

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको नाफा ५ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको ३ महिनामा बैंकले २२ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २७ करोड ९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.९२ रुपैयाँमा झरेको छ । गत असारमा बैंकको ईपीएस २२ रुपैयाँ थियो । चालु आवको ३ महिनामा खराब कर्जा बढेर २ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.४६ प्रतिशत थियो । यस्तै बैंकको लागत ७.७८, सीडी रेसियो ७७.३९, आधार दर १०.६८ र स्प्रेड दर ३.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । गत असारको तुलनामा बैंक निक्षेप झण्डै ३ अर्ब रुपैयाँ घटेर ६९ अर्ब १५ करोडमा सीमित भएको छ । गत असारमा निक्षेप ७२ अर्ब १३ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि घटेको छ । असोजसम्म बैंकले ६२ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ६२ अर्ब ५४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

सेयर भर्न घण्टौं लाइन बस्नुपर्ने दिन अब सकियो

सीडीएसले सेयर भर्न र सेयरको खाता कारोबारको बारेमा जानकारी दिन नयाँ प्रविधिको विकास गरी सञ्चालनमा ल्याइसकेको छ । अब प्राथमिक सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) भर्न पहिला लाइन लाग्नु पथ्र्यो भने अब यस्तो अवस्था छैन्, यसबाट साना लगानीकर्तालाई राम्रो भएको छ । जुन बैंकमा खाता छ, त्यहाँ गएर लगानीकर्ताले दर्ता गर्नुपर्छ किनभने बैंकसंग भएको ग्राहकको पहिचान (केवाइसी) र हामीसंग भएको बीओआइडीसंग मिल्नुपर्छ । दुबैको नाम मिलेपछि पैसा फिर्ता हुन्छ । जस्तो कसैले १ सय कित्ता सेयरका लागि आवेदन दिएकोमा ९० कित्ताको मात्र पर्यो भने बाँकी पैसा फिर्ता जान्छ । यसका लागि ग्राहक दर्ता गरेपछि बैंकले एउटा एप्लिकेसनलाई ७ मिनेटसम्म लगाएको छ, त्यसलाई हाम्रो एप्समार्फत ३० सेकेन्डमा झारेका छौ । एकपटक दर्ता भएपछि सकियो, फेरी बैंक धाइरहनु परेन । त्यसपछि सीआएन कोड हुन्छ त्यो दिएपछि पुग्छ । देवप्रकाश गुप्ता, सिइओ, सिडिएस एण्ड क्लियरिङ लिमिटेड यस्तै बैंकले आफनो प्रणालीमा रेकर्ड राख्छ, हाम्रो डेटाबाट पुल गरेर डेटावेस प्रणालीमा हाल्छ त्यसपछि खाता पनि ब्लक हुन्छ । यसमा पहिले ७० दिन लाग्थ्यो भने अब इस्युम्यानेजरले यो प्रणालीबाट उसले प्रमाणित डेटानै पाउने भयो । यसपछि इस्युम्यानेजरलाई सहज भयो, हाम्रो खाताबाट फाइल तानेर हेर्न सक्ने भयो । बाँटफाँड प्रक्रिया छिटो भयो भने बाँडफाँड बन्द भएको केही दिनमा पैसा पनि फिर्ता पाइने भयो । यो बैंकमा गएर एकपटक निवेदन दिएपछि सकिन्छ । सीडीएसले आफनै मेरो सेयर भन्ने एप्लिकेसन बनाएको छ । हितग्राही खाताको विवरण र पोर्टफोलियो हेर्ने कुरा राखेको छ । त्यो भन्दा पनि सहज के हुने छ भने घरमा बसेर निवेदन दर्ता गर्न पाउने भयो । अब अर्को पटकदेखि बैक जानु पर्देन । यो एप्लिकेसनको सबैभन्दा राम्रो पक्ष हो । धितोपत्र बोर्ड (सेवन) लाई रिपोर्ट चाहियो भने इस्युम्यानेजरमा निर्भर हुनुपर्ने, हामीलाई रिपोर्ट चाहियो भने बैंक र इस्युम्यानेजरमा निर्भर हुनुपर्ने र इस्युम्यानेजरलाई केही डेटा चाहियो भने बैंकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सबै कुरा केन्द्रीयकरण भएर आउने छ । डेटाको दर्ता समयमा हुन्छ र चाहिने सबै प्रकारका डेटा हामी उपलब्ध गराउने छौ । सीआस्वा हाल १६ वटा बैंकले प्रयोग गरिरहेका छन् । यो अनिवार्य हुने क्रममा छ । यस विषयमा सेवोनले छलफल अघि बढाएको छ, सायद छिट्टै कार्यन्वन होला । यसबाट फाइदा भनेको लगानीकर्ता बैंकमा धाइरहनु परेन । अर्कोकुरा अनलाईनबाट गर्न सकिने भएकाले बैंक जाने समयको वचत पनि भयो । ग्राहकले घरमा बसिबसी गर्न पाउने भएकाले लाभ नै भयो । यस्तै इस्युम्यानेजरलाई पनि फिल्टर भएर डेटा आउने भएकाले केलाइ रहनु परेन । सेवोनले रियल टाइम डेटा पाउने भयो । कुन मितिमा कुन बैंकको कुन शाखाबाट कतिजनाले कति पैसाको र कति कित्ताको सेयर भेर र पछि पाए भन्ने त्यो सबै जानकारी हुन्छ । इस्युम्यानेजरले जुन बाँटफाँडको फाइल दिन्छ त्यसका आधारमा रकम तुरन्त हितग्राहीको खातामा हाल्न पाउने छौ । यो बढी इफिसियन्सी भएको प्रणाली बनाएका छौ । हामीलाई आइटी सुरक्षामा समस्या छैन् । हामी भीपीएनमा काम गरिरहेका छौ । हामीकहाँ इन्टरनेट प्रणाली छैन हाम्रो सेयर बेग्लै भयो । त्यहाँ पढ्न र हेर्न मात्र मिल्छ । कपी पेस्ट र लेख्न मिल्दैन् । त्यहाँबाट हामी कारोबार गर्देनौ हेर्नलाई मात्र हो । त्यो बाहेक ४ तहको सुरक्षा प्रणाली राखिएको छ । एउटा भीपीएन हो भने अर्को मेरो सेयरको इन्टरनेटबाट जति ट्राफिक आउछ, त्यसलाई राउट गरेर फेरी फाइल हालेर प्रणालीमा आवद्ध गर्छौ । हामीसंग सुरक्षाका चार चरणहरु छन् । कारोबार गर्ने बैंकबाट हो, बैंक पनि भर्चुअल प्राइभेट नेटवर्क भीपीएनमा छन् । गडबढी तुरुन्त थाहा हुन्छ । बैंकमा भएको जस्तो आइटी ह्याक हुने जोखिम हामीसंग हुदैन् । स्वीफ्ट भनेको अर्काको प्रणाली हो किनभने स्वीफटमा जो पनि प्रवेश गर्न सक्छ हाम्रोमा यो संभावना छैन । भीभीएन हाम्रो प्रणाली हो । हामीले प्रत्येक ट्रान्सफरको बढी शुल्क भयो भन्ने कुरा आइरहेको छ । एक ट्रान्सफरको २५ रुपैयाँ लिइरहेका छौ तर यो अन्तराष्ट्रिय स्तरको भन्दा हाम्रो सस्तो हो । हामीले धेरै शुल्क लिएका छैनौ । सीडीएसका नयाँ योजना बीआइडी लागु गर्ने सोचमा छौ । दुईटा खातालाई म्यापिङ गरेर डुप्लिकेसन हटाउने तयारी गरिरहेका छौ । अब हकप्रद सेयर भर्न पनि हितग्राही बैंकमा जानुपर्देन घरबाट भर्न सकिने छ । हकप्रद सेयर निष्कासन गर्दा ७, ८ वटा मात्र संकलन केन्द्र हुन्छ उपप्त्यका बाहिरका हितग्राही सेयर भर्न पाउदैन् । धनगढीमा १० कित्ता भन्र्नेले १० हजार रुपैयाँ खर्च गरेर यहाँ आउदैन् । त्यसलाई यही प्रणालीमा ल्याएर सबैलाई समान अवसर दिने भएका छौ । जुन स्थानमा भएपनि अनलाईनबाट सेयर भर्न पाइने छ । हकप्रद लिलामीमा आउनु केही कारणहरु छन । जस्तै भर्न नपाएर होला जस्तो लाग्छ भने अर्को कुरा हकप्रद खुलेका सुचना प्रभावकारी रुपमा नपुगेको हुनुपर्छ भने सेयरहोल्डर विदेशमा भएकाले हकप्रद भर्न यही आउनु पर्ने भएकाले उनीहरु अबसरबाट बञ्चित भएका हुन सक्छन् । कुनै व्यक्ति अमेरिकामा छभने उसले सेयर भर्न पाउने अवस्थ हुदैन त्यसैले लिलामीमा आउने गरेको छ । डिम्याटमा डुप्लिकेसन हटेको छ । धेरै खाता बन्द भएका छन् । अब दोहोरो खाता हुनै छन् । १ लाख जति दोहरो खाता बन्दा भएको छ । हामीले ट्रयाक गरेर वन्द गर्न लगाएका छौ । कसैले सेयर राखेर कर्जा लिएको छ भने तिनीहरुको खाता बन्द हुदैन भने अन्यको बन्द भएको छ । अब डिम्याट डुप्लिकेसनको संभावना छैन् । हालसम्म ९ लाख २२ हजार २२५ डिम्याट खाता रहेका छन् । एकल खाता कार्यन्वयन गरेका छन् । अहिले पोर्टफोलियो कारोबार भएकाले मात्र दोहोरो खाता पाउनुहुन्छ । बैंकमा गएर सीआरएन नम्बर लिएपछि आईपीओ र एफपीओ जहाँबाट पनि भर्न पाउने व्यवस्था भइसकेको छ । सीआरएन नम्बर लिएपछि डीपीमा गएर मेरो सेयरको खाता नम्बर लिनुपर्छ त्यसपछि नेपालमा मात्र हैन विदेशमा भएकाले पनि सेयर भर्न पाउने व्यवस्था गरेका छौ । यो प्रणाली ४ महिनादेखि सञ्चालनमा ल्याएका छौ । अहिले पनि परीक्षणको रुपमा छ । मोडिफिकेसन गरेर सञ्चानलमा ल्याएका छौ । यो प्रणालीबाट ७८ हजारले आवेदन दिएका छन् । हिमाल पावर पार्टनरको ७३ हजार जनाले आवेदन दिएका थिए यो प्रणालीबाट । अब बजारमा गएर सेयर भर्न कसले लाइन बस्ने, बैंकमा गएर किन लाइन बस्ने ? अनिवार्य भएपछि यो प्रणाली सञ्चालन आएपछि यहीबाट हुन्छ । राइट पानि यो प्रणालीबाट भर्ने व्यवस्था गर्नुपर्छ । – गुप्तासँग गरिएको कुराकानीमा आधारित)

युनाइटेड मोदी हाइड्रोपावरको खुदनाफा ४ गुणा बढ्यो, ईपीएस ३.६४ रुपैयाँ मात्र

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको नाफा ४ गुणा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ४ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा युनाइटेडको नाफा १ करोड १० लाख रुपैयाँ मात्र थियो । मोदीखोलामा पानीको बहाव राम्रो भएकाले बिजुली उत्पादन बढेपछि नाफा पनि वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आवको असोजसम्मको वित्तीय विवरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६४ पैसा मात्र रहेको जानकारी दिएको छ । समीक्षा अवधिमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ७ करोड १७ लाख रुपैयाँ मात्र थियो । कम्पनीले १० मेगावाटको मोदी २ जलविद्युत आयोजना निर्माण थालेको छ । हाल युनाइटेडले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ ।  

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

नुवाकोट । नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता रहेको छ । बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाको स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैंकले सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाहभन्दा पनि नाफामुखी कार्य गरेका छन् ।  रासस

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

डोटी । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआई सिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् । दुर्घटनामा घाइते भएका आठमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गम्भीर घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइतेहरुमा केआई सिंह गाउँपालिका–१ का २४ वर्षीय हेमराज ओझा, आदर्श गाउँपालिका–१ की ४५ वर्षीय हाँसु खड्का, स्वही ठाउँकी १३ वर्षीया सरिता खड्का रहेका छन् । केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आइरहेको से१ज २६५ नंं को बोलेरो जिप सोही गाउँपालिकाको वडा नं ३ देउरडीमा आज दुर्घटना भएको थियो ।  रासस

एक सातापछि नेपाली बजारमा सार्वजनिक हुँदैछ हुवावेको नयाँ स्मार्टफोन नोवा आई टू, यस्तो छ फिचर्स

काठमाडौं । हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । हुवावेले एक भव्य समारोहबीच नोवा आई टु अर्को साता लञ्च गर्दैछ । गत अक्टोबरमा भारतमा सार्वजनिक भएको थियो । अर्को सातादेखि नेपाली बजारमा आउने यो स्मार्टफोनका फिचर्सहरु यस्ता छन्: कालो, निलो र गोल्डेन रंगमा रहेको यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८० x२१६० पिक्सल रहेको छ । यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा-कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्‍याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ । १६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा (सेल्फि क्यामरा) १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ । १५६.२० x७५ x७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ । कम्पनीले मूल्यबारे भने खुलाएको छैन । हुवावे एक चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हो । हुवावे विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हो ।

लोप भैसकेको कम्युनिष्ट व्यवस्था नेपालमा स्वीकार्य छैन : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा. रामशरण महतले बर्षौं लगाएर स्थापित गरिएका जनताका अधिकार रक्षा गर्ने बाम गठबन्धन प्रमुख खतरा भएको दावी गरेका छन् । सुन्दरादेवी नुवाकोट–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको आसन्न चुनावसम्वन्धी कार्यक्रममा बोल्दै उनले सो खतरा औल्याएका हुन् । “एमाले तथा माओवादी संसदबाद, बहुलवाद, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय, मानव अधिकार, उदार आर्थिक जस्ता कांग्रेसका आर्थिक तथा राजनीतिक एजेण्डामा लगभग आइसकेका छन भनेको त फेरि उनीहरु कम्युनिष्टको नाममा गठबन्धन गरिरहेका छन र यो लोकतन्त्रका लागि ठूलो खतरा हो” उनले भने । जनतालाई यी अधिकार दिलाउन कांग्रेसले ठूलो त्याग र बलिदान गरेको उल्लेख गर्दै उनले यी अधिकारहरु कुण्ठित गर्ने कुनै पनि गतिविधिहरु कांग्रेसलाई असह्य हुने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गरेलगत्तै आगामी १० बर्षभित्रमा साम्यबाद ल्याउने उद्घोष गरेको प्रसंग उल्लेख गर्दै उनले भने, “जनताको अधिकार कुनै हालतमा खोस्न पाइदैन । संसारबाट लोप भैसकेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा कसैले स्वाकार्य छैन । जनताले कम्युनिष्ट शासन व्यवस्था ल्याउनेमा मत दिदैनन् ।” डा महतले २०४८ सालमा कांग्रेस सरकारले शुरु गरेका उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आधुनिकीकरण भएको र माओवादी हिंसा र राजनीतिक अस्थिरताका बीच उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताए । “सामन्तवादी संरचनालाई रुपान्तरण गरी आधुनिक अर्थतन्त्रको जग हामीले नै हालेका हौं” उनले भने “हिजोको कुन अवस्थाबाट हामी यस अवस्थामा आएका हौ भन्ने बुझ्न जरुरी छ ।” ०४८ सालमा वार्षिक १२ अर्ब रुपैयाँको राजस्व रहेकोमा अहिले ७ सय अर्बभन्दा बढी उठ्न थालेको छ र यही रकमलाई गाउँको विकासमा खर्च गर्ने गरिएको उनले बताए । ०४८ सालमा ७ हजार किमी सडक रहेकोमा अहिले सबै किसिमका सडकहरुको हिसाव गर्दा ८० हजारभन्दा बढी मोटरबाटो बनिसकेको उनको भनाई थियो । जनताको औषत आयु ५४ बर्षबाट बढेर ७१ बर्ष पुगेको छ । यो सबै कांग्रेसकै नीतिका कारण संभव महतको दावी थियो ।  

पाटन दरबार क्षेत्रमा पुनःनिर्माण आधा सम्पन्न

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्रमा भूकम्पमा क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण झण्डै आधा सकिएको छ । सुन्दरीचोकको पूर्वी भाग, मूल (दक्षिणी) तलेजु, योग नरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको छ । काठमाडौँ उपत्यका संरक्षण कोषले यस क्षेत्रमा पुनःनिर्माणको काम गरिरहेको हो । कोषले लक्ष्यभन्दा पनि अघि सक्ने गरी काम गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने  “दुई वर्ष पहिले काम शुरु गरेकामा अब डेढदेखि दुई वर्षमा सकिने देखिएको छ ।” कोषले पाँच वर्षसम्ममा काम सक्ने लक्ष्य लिएको थियो । उत्तरी मणिमण्डपको काम सकिने चरणमा छ । कृष्ण मन्दिरको भित्री भागको काम अन्तिममा पुगेको छ । हरिशंकर मन्दिर, चारनारायण मन्दिर, विश्वनाथ मन्दिर र दक्षिणी मणिमण्डपको काम अहिले भइरहेको छ । यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त स्मारक पुनःनिर्माणको काम कोषले गरिरहेको छ । भूकम्प आउनु पहिले पनि कोषले यस क्षेत्रमा काम गरिरहेको थियो । सरकारी पहलमा भने दरबार क्षेत्रभन्दा बाहिर काम भइरहेको प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोषले गरिरहेको काममा हामीले समन्वय गरिरहेका छौँ भने नगरका अरु स्मारकमा विभागमार्फत हामीले पुनःनिर्माणको काम गरेका छौँ ।” रासस