विकासन्युज

ग्लोबल आईएमई बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स कारोबार शुरु

काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच रेमिट्यान्स कारोबार शुरु भएको छ । उक्त व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हालै दुई सुंस्था बीच हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात भारत स्थित एक्सिस बैंकका शाखाहरु मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिलै प्राप्त गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकको २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

टाइमले सार्वजनिक गर्‍यो ‘२०१७ का १० शक्तिशाली व्यक्ति’, ट्रम्पदेखि किम जोङसम्म बने वर्ष व्यक्ति

टुडे । टाइम म्यागजिनले सन् २०१७ का उत्कृष्ट १० वर्ष व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पछिल्लो वर्ष समाचारलाई प्रभावित पार्ने व्यक्तित्वहरुलाई सूचीकृत गर्दै टाइमले १० जनाको नाम सार्वजनिक गरेको हो । विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुचीमा परेका छन् । गत वर्ष पनि उनी यो सूचीमा पर्न सफल भएका थिए । दुई साता अघि मात्र ट्रम्पले उक्त पदावीका लागि टाइमको प्रस्ताव अस्विकार गर्ने घोषणा गरेका थिए । यद्यपी टाइमले यो कुरा झुटो भएको दाबी गरेको छ । यो म्यागजिनले अर्का उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई पनि सूचिकृत गरेको छ । ट्रम्पले उनलाई ‘सानो रकेट म्यान’ को उपनाम दिएका थिए । उनले लगातारको मिसाइल परिक्षणपछि विश्वयुद्धको भय फैलिएको छ । यो सूचीमा एमेजनका सिईओ जेफ बेजोस पनि परेका छन् । यो वर्षका विश्वकै धनीको सूचीमा परेका उनले संसारमै खुद्रा कारोबारमा राज गरेका छन् । त्यस्तै ३२ वर्षे साउदी अरबका राजकुमार मोहम्मद बीन सलमान पनि यो सूचीमा परेका छन् । अर्को तर्फ चीनका राष्ट्रपति सि जिनपिङ पनि सूचीकृत भएका छन् । उनलाई चीनमा दोस्रोपटक पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल दिइएको छ र कम्युनिष्ट पार्टीको विधानमा नै उनलाई मुलुकको शताब्दीकै शक्तीशाली राष्ट्रपतीका रुपमा अभिलेख गरिएको छ ।

गोल्डस्टार जुत्ताद्वारा “धन्यवाद” वैज्ञापनिक सन्देश प्रस्तुत

काठमाडौँ । प्रख्यातगोल्डस्टार जुत्ताको उत्पादक, बजार व्यवस्थापक, तथा वितरक कम्पनी किरन सु म्यानुफ्याक्चरर्सले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै वैज्ञापनिक सन्देश प्रस्तुत गरेको छ । विगत ३ दशकदेखि नेपाल र नेपालीलाई सुविधा पु¥याउँदै आएको गोल्डस्टार नेपालको सर्वाधिक रुचाइएको जुत्ता बनाउन सहयोग गर्ने आफ्ना ग्राहक वर्ग, बिक्रेताहरू, वितरकहरू, तथा शुभचिन्तकहरूलाई अथक विश्वास र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै विज्ञापन सन्देश प्रस्तुत गरेको हो । किरन सु म्यानुफ्याक्चरर्सकी बजार व्यवस्थापन निर्देशक विदुषी राणाले भन्छिन्–“गुणस्तर र बलियो उत्पादनलाई सुलभ मूल्यमा बजारमा ल्याउनु नै गोल्ड स्टारको प्रमुख ध्येय हो । विगत ३ दशकदेखि हाम्रो यहीप्रयासमा सहयोग पुर्याउँदै आउनुभएका सम्पूर्णको माया र विश्वासले हामीलाई भविष्यमा पनि हाम्रो उद्देश्य पूरा गर्ने उर्जा दिएको छ । हामी नेपालभित्र र नेपाल बाहिर रहेका ती सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइलाई धन्यवाद दिन्छौँ जसले हरेक पाइला, हरेक कदममा हामीलाई समर्थन गर्नुभएको छ ।” नेपाली पहिचानसँगै नै समानान्तर रहेको गोल्डस्टारले नेपाली पनलाई पनि उजागर गरेको छ । नेपाली ग्राहकहरूकै लागि विशेष निर्माण गरिएको गोल्डस्टारले हरेक पटक नयाँ जुत्ता बजारमा प्रस्तुत गर्दा नेपाली युवा र युवाहरूको चाहनालाई मध्यनजर गरेको छ । अबका आगामी दिनहरूमा पनि गोल्डस्टारले अन्तर्रा्ष्ट्रिय तौरतरिका र युवाहरूको चाहनालाई ध्यानमा राखी नयाँजुत्ताहरू ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।

दिक्तेल-भोजपुर सिधा यातायात सञ्चालन

खोटाङ । सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ । वर्षादको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सञ्चालन गरिएको हो । करिब ९१ किलोमिटर लम्बाइ रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ः१५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताए । गत वर्षदेखि सिधा यातायात शुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ । हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडकखण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा कालोपत्रको काम पनि तीव्र गतिमा भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने, गिट्टीढुङ्गा फोर्नेलगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए । करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रको काम गरिएको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने बताइएको छ । रासस

एक्सेल डेभलपमेन्ट बैंकको २० औं शाखा झापाको गौरादहमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २० औं शाखा झापा जिल्लाको गौरादह नगरपालिका अन्तर्गत गौरादह बजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन मंगलवार एक कार्यक्रमकाबीच प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार शाह र बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् । उक्त गौरादह बजारमा ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात एबीबीएस, एसएमएस, आइपीएस (अन्तरबैंक भुक्तानी प्रणाली), अनलाइन क्लियरिङ तथा मोवाईल वैंकिगं, रेमिटान्स सेवा लगायतका अधिकांश वैंकि¨ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय, गौरादहबाट प्रदान गरिने छ । कार्यक्रमको सञ्चालन यस बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

टेलिकमको जिएसएम सेवा अब मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा

काठमाडौं । नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको हो । मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ । सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम-कोरला हाइवे अन्तर्गत ताङवे देखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउछ । यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सय भन्दा बढी घरधुरी लाभान्वित हुने टेलिकमले जनाएको छ । त्यसैगरी, दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजार भन्दा बढी सेवाग्राही लाभान्वित हुने छन् । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने छन् । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ ।

कारको दुनियाँमा आयो ‘जंगली साढे’ : चाबी बिना नै स्टार्ट हुने यस्तो कार

एजेन्सी । इटालीको चर्चीत कम्पनी की ल्याम्बर्गिनीले आफ्नो नयाँ एसयूभी, युरसलाई सार्वजनिक गरेको छ । युरसको अर्थ ‘जंगली साढे’ हुन्छ । यो भव्य गाडी ल्याम्बर्गिनीले विशेष फिचरसहित ल्याएको छ । लामो समयदेखि यो कारलाई कम्पनीले निर्माण गरिरहेको थियो । यो एउटा एक एसयूभी हो तर कम्पनीले यसलाई एसएसभी सुपरस्पोर्ट यूटिलिटी भेहिकलको रुपमा दाबी गरेको छ । यसलाई फोक्सवागेनको एमक्यूबी प्ल्याटफर्ममा तयार पारिएको छ । यो कारमा चार लिटरको ट्विन टर्बो बी ८ ईञ्जनि जडान गरिएको छ । यो ईञ्जिनले ६४१ बीएचपीको पावर र ८५० न्युटन मिटरको टर्क प्रदान गर्छ । यो ८  स्पिड आटोम्याटिक ट्रान्समिशन सिस्टम रहित छ । यसले परफर्मेन्स एसयूभी ० देखि १००  किलोमीटर प्रति घण्टाको स्पिडमा ३.६ सेकेण्ड पकड लिन्छ ।  जबकी यो २०० किलोमिटर प्रति घण्टाको स्पिड १२.८ सेकेण्डको पकड लिन सक्षम छ । यसको अधिकतम स्पिड ३०५ किलोमीटर प्रति घन्टा छ । यो दुनियाँकै सबैभन्दा तेज एसयुभी रहेको कम्पनीको दाबी छ । यो कार चाबी बिना नै स्टार्ट हुन्छ । ब्रेकिंङका लागि अगाडीको पांग्रामा ४४० एमएम र पछाडिको पांग्रामा ३७० एमएम कार्ब सेरामिक ब्रेक दिइएको छ । यसमा २१ ईञ्चको एल्वोइ ह्विल पनि दिइएको छ। यो ५ सिटर कार हो । अगाडीपट्टी यसमा चहकिलो एलईडी हेडलाइट छ । यसमा २१ स्पिकरका साथ थ्रीडि साउन्ड सिस्टम पनि छ । यसलाई अर्को वर्षदेखि बजारमा बिक्रीका लागि सुरु गरिने कम्पनीले जानकारी दिएको छ । यसको मूल्य दुई लाख अमेरिकी डलर रहेको छ ।

नेप्से सामान्य अंकले घट्दा ५७ करोडको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य १.९० अंकले ओरालो लागेर १५२.८७ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा ५७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १० लाख ८२ हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ५.२० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशत गुमाएका छन् । मंगलबार बीमा समूहको परिसूचक २७ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स, उत्पादनमूलक र ट्रेडिङ समूहका परिसूचक क्रमशः ६.६१, ३.२२ र ०.०९ अंकले उकालो लागेका छन् । अन्य बाँकी समुहको परिसूचक भने राताम्मे भएका छन् ।