विकासन्युज

कर तिरेको आम्दानीले मात्रै बैंक अफ काठमाण्डूको सेयर किन्न पाइने, हच्किए लगानीकर्ता

काठमाडौं । ‘म निर्दाेष छु’ भन्ने प्रमाण पेश गर्ने भनेको आरोप लागेपछि मात्रै हो । तर यतिबेला सैंयौं लगानी कर्ताले ‘आफु निर्दाेष’ रहेको प्रमण पत्र पेश गरिरहेका छन् । प्रशंग हो बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयर लिलामीको । बैंकले मंसिर २२ गतेदेखि २९ गतेसम्मको अवधी तोकेर ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर न्युनतम १०० रुपैंयाँ मूल्यमा खरिद गर्न आव्हान गरिरहेको छ । यो सेयर खरिदका लागि लगानी कर्ताहरुले कर तिरेको आम्दानी मात्रै उपयोग गर्न पाउँछन र त्यस्तो कर तिरेको आम्दानीको प्रमाण पत्र समेत पेश गर्नु पर्छ ।त्यति मात्रै होइन, लगानी कर्ताले कर्जा सूचना केन्द्रबाट कालो सूचिमा नपरेको प्रमाण समेत पेश गर्नु पर्छ । त्यसका लागि प्रत्येक लगानी कर्ताले ३ सय रुपैंयाँको बैंक भौचर तिरेर ३ दिनपछि मात्रै केन्द्रबाट कालो सूचिमा नपरेको प्रमाणित कागजात प्राप्त गर्न सक्छन् । ‘बैंक अफ काठमाण्डूको सेयर किन्ने मन थियो तर व्यक्तिको कर चुक्ताको प्रमाण पत्र पेश गर्न र आयश्रोत देखाउन नसक्ने भएकाले आवेदन दिइन, त्यस्तो कागजात बनाउनै मुस्किल छ’, सेयर बजारका लगानी कर्ता ज्योति दाहालले भने । उनले आवेदक सेयर खरिद गर्न योग्य हो की होइन भनेर सम्बन्धीत कम्पनीले नै छुट्याउनुपर्नेमा पनि जोड दिए । दाहाल जस्तै धेरै लगानी कर्ताले आयश्रोत, कर चुत्ताको प्रमाण पत्र लगायतका कारणले सेयर खरिदका लागि आवेदन दिएका छैनन् । ‘यस्तो व्यवस्थामा कसले सेयर किन्न आवेदन दिन सक्छ ? धेरैले त यी सर्त अनुसारका कागजात जम्मा गर्नै सक्दैनन्, नेपालको कर प्रशासनबाट त्यस्तो प्रमाणपत्र लिनै सकिन्न’, दाहालले भने । त्यति मात्रै होइन, बैंकबाट लिइएको ऋणबाट समेत बिओकेको सेयर खरिद गर्न नपाइने व्यवस्था छ ।

भोलीदेखि किम्फ सुरु, नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र ‘द लास्ट हनी हन्टर’को प्रदर्शनी

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र द लास्ट हनी हन्टर नेपालमा प्रदर्शनी हुनेभएको छ यो वृत्तचित्रलाई एशियामै पहिलोपटक विहीबारदेखि सुरु हुनगइरहेको पन्ध्रौं काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रदर्शनी हुनेछ ।३५ मिनेट लामो द लास्ट हनी हन्टर वृतचित्रले सोलुखुम्बुको विकट गाउँ साद्दीका मह शिकारी मौलीधन कुलुङ राईको जिवनीलाई पर्दामा उतारेको छ । उक्त गाउँको कुलुङ जनविश्वास अनुसार जंगली भिरमौरीको महकाढ्नका लागि सपनामा जंगलको देउता राङ्केमीबाट दिक्षित हुनुपर्दछ र हाल साद्दीमा यसरी सपनामा दिक्षित एक मात्र व्यक्ति हुन् मौलीधन । यस सपनाका कारण उनी भिरमौरीको मह काढ्न जस्तोसुकै अप्ठ्यारो रअग्लो भिरमा चढे पनि सुरक्षित रहने विश्वास उनी र साद्दीको समुदायको छ । उनी पछि यस गाउँको नयाँ पुस्ताका कोही पनि व्यक्तिले उक्त सपना आजसम्म देखेका छैनन् र त्यसैकारण मौलीधन पछि मह काढ्ने प्रचलननै साद्दीमा बन्द हुने हो कि भन्ने आशंका छ । साद्दीको परम्परागत कुलुङ जनजिविका र संस्कृतिलाई नजिकबाट नियालेर प्रस्तुत गरिएको यस वृत्तचित्रमा साद्दी जस्ता नेपाली ग्रामिण समुदायहरु समय संगै कसरीबदलिंदैछ सो को पनि नाटकिय चित्रण छ । न्यासनल जोग्राफिकको सहयोगमा निर्मित यस चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा उपाधि प्राप्त गरीसकेको छ । बान्फ पर्वतिय चलचित्र महोत्सव क्यानडामा उत्कृष्ट हिमाली संस्कृति चलचित्र र केन्डलपर्वतिय चलचित्र महोत्सव संयुक्त अधिराज्यमा उत्कृष्ट छायांकनको पुरस्कार जितेको छ भने क्याम्डेन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट छोटो वृत्तचित्र विधामा विजेता भई ओस्कार चलचित्र महोत्सवकोछोटो वृत्तचित्र विधा अन्तर्गत प्रारम्भिक मनोनयनका लागि स्वतः योग्य भएको छ । यस वृत्तचित्रको नेपालमा पहिलो सार्वजनिक प्रदर्शनी यही पन्ध्रौं किम्फ मार्फत मङ्सिर २८ गते भइरहेको छ । यस महोत्सवमा चलचित्र प्रदर्शनीको दौरान नेपालमा विगत १७ वर्षदेखि बसोबास गर्दै आउनुभएका यसफिल्मका निर्माता बेन एयर्स, मुख्य पात्र मौलीधन लगायत साद्दीका अन्य मह शिकारी टोली उपस्थित हुनेछन् ।

‘हिमालयन हाइड्रो एक्स्पो’ पुस २१ गतेदेखि शुरु, विभिन्न ८ देशको सहभागिता रहने

काठमाडौं । ‘हिमालयन हाइड्रो एक्स्पो-२०१८’ आगामी पुस २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको उक्त एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ । आगामी पुस २३ गते सम्म चल्ने यो मेलालाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल सरकारको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्षलाई यो मेलाले सहयोग गर्ने आयोजकको विश्वास रहेको छ । एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य विषयमा तीनवटा सेमिनारको आयोजना गरिने छ । साथै, युवा पुस्तालाई लक्षित हाइड्रो पावर क्षेत्रमा अभिरुची भएकाहरुलाई आकर्षित एवम् प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । हाइड्रो पावर सम्बन्धी उत्पादन र सर्भिसको बिकाससम्बन्धी प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्धितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रो पावरका कम्पीका प्रतिनिधिहरु एक्स्पोमा सहभागी हुँदै छन् । विशेष गरी भोईथ, क्रिस्टल, फ्लोभेल, भ्यापटेक, म्याभल, बीएफएल जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि यो एक्स्पोमा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरुको सहभागिता रहने स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंको विस्वास रहेको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक लगायतका देशका कम्पनीहरुको सहभागिता रहने इपानका अध्यक्ष गुरागाईले जानकारी दिए ।  

बामपन्थी बहुमतलाई सेयर बजारको ग्रीन सिग्नल, दोहारो अंकको वृद्धि

काठमाडौं । बाामपन्थीहरुको बहुमतलाई सेयर बजारले ग्रीन सिग्नलसहित अनुमोदन गरेको छ । लगातार तीन दिन घटेको सेयर बजार बुधबार भने १०.५३ अंकले उकालो लागेर १५२०.७४ अंकमा पुगेको छ । बजारमा परिसूचकमा वृद्धि भए पनि सेयर कारोबारमा भने गिरावट आएको छ । सो दिन जम्मा ४८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जनु रकम अघिल्लो कारोबार(मंगलबार)को भन्दा १८ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा भने कुल ६६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो । बुधबार सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । यस बैंकको कुल ५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ रहेको छ । त्यस्तै, बुधबारको सेयर बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५२ अंकले उकालो लागेको छ । त्यसैगरी, होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ३८ र ३२ अंकले बढेका छन् । बजारमा कुल १० वटा समूहको कारोबार भएको थियो । दोहोरो अंकले उकालो लागेको बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६३ प्रतिशत कमाएका छन् । त्यस्तै, ललितपुर फाइनान्सका लगानीकर्ताले पनि ९.५५ प्रतिशत कमाएका छन् ।

स्याङयोङले नेपाली बजारमा ल्यायो नयाँ कार ‘रेक्सटन’, न्युनतम १ करोड १२ लाख मूल्यसम्ममा उपलब्ध

काठमाडौं । स्याङयोङ मोटर्सले नयाँ कार ‘स्याङयोङ रेक्सटन’ सार्वजनिक गरेको छ । बिक्रेता आइएमएस मोटर्सले बुधबार एसयुबी सेग्मेन्टको रेक्सटन वाइ ४०० लाई नेपाली बजारमा भित्र्याएको हो । नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्समिसन गरी दुई विकल्पका साथ प्रस्तुत गरिएको छ । जसको मूल्य क्रमश: १ करोड ११ लाख ९९ हजार रुपैयाँ र १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ३ वर्षको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ । स्याङयोङ कोरियाको लक्जरी एसयुभी ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरुमध्येको चौथो हो । इ एक्स डी २२० डिजेल इन्जीन र मर्सिडिज-बेन्ज ७ स्पीड अटोमेटिक ट्रान्समिसनको प्रयोग भएको यो कार आरामदायी रहेको कम्पनीले जनाएको छ । रेक्सटनमा ९ वटा एयर ब्याक छन् । यसमा उत्कृष्ट पार्श्व टकराव सुरक्षाका लागि क्वाड फ्रेमको पनि प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा गतिशील र विशाल फ्रन्ट लुक बाहेक एलइडी(डिआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट) जस्ता फिचर छ । सेन्टर क्रोम मोल्डीङ, २० इन्चको स्पटर ह्विलले यो मोडलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको कम्पनीले जानकारी दिएको छ ।

साञ्जेनले ८७ लाखको आईपीओ निष्कासन गर्न पायो बोर्डकाे अनुमति

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ८७ लाख ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार मात्र यस हाइड्रोपावरलाई साे मात्राकाे आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ८७ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी गर्ने सो मात्राको सेयरका लागी यस संस्थाका संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीले आवेदन दिन पाउने छन् । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको बिक्री प्रबन्धक अर्थात सेयर निष्कासनको रुपमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(नागरिक लगानी कोष) रहेको छ ।

पेट्रोलियम अन्वेषणका लागि विदेशी कम्पनीकै भर, राजनीतिक अस्थिरता मुख्य कारण

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ । लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । जसमा सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, विविवि च्याम्पियन्स अमेरिका र इएवीजी कम्पनी युएई छन् । सोल ट्राइगन, केयर इनर्जी र टेक्साना रिसोर्सेस कम्पनीले अन्वेषणको काम गरे पनि नेपालमा देखिएको राजनीतिक हिंसा र अस्थिरताका कारण बीचमै काम छाडेका थिए । परियोजना प्रमुख सुधीर रजौरे पेट्रोलियम अन्वेषणका लागि नेपालको अर्थतन्त्र र जनशक्तिले सम्भव नहुने भएकाले विदेशी कम्पनीको भर पर्नुपरेको बताउँछन् । “पेट्रोलियम पदार्थ कहाँ-कहाँ छ भन्नेबारे हामीले प्रारम्भिक अनुसन्धान गरिसकेका छौँ, विशिष्ट खालका अनुसन्धानको लागि विदेशी कम्पनीको भर पर्नुपर्ने हुन्छ,”– उनले भने । परियोजनाले गरेको अध्ययनअनुसार नेपालको चुरे र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने निष्कर्ष निकालेको छ । परियोजनाले प्रारम्भिक पेट्रोलियम अन्वेषणका लागि पूर्वदेखि पश्चिमसम्ममा तराई र चुरेका १० खण्ड बनाएर अन्वेषण गरेको थियो । परियोजनाका प्रमुख रजौरेले नेपालको भूमिजस्तै रहेको भारतको आछाम र पाकिस्तानको पोटवारमा पेट्रोलियम पदार्थ उत्पादन भइरहेकाले यहाँको तराई र चुरे क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावना उच्च रहेको बताए । यस्तै गत साउनमा मात्र चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालमा आएको बेला नेपालको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्झौता गरेको थियो । जसमा सवा दुई अर्बसम्म सहयोग गर्ने उल्लेख छ । रासस

नेपाल ल्यूब आयलले २५ प्रतिशत नगद लाभांश दिने, पुस ५ गतेदेखि बुक क्लोज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । सो प्रयोजनको लागि आगामी पुस ५ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।