जथाभावी सडक निर्माणले पदमार्ग मासियो
तेह्रथुम । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्ग मासेर सडक निर्माण गरिएको छ । यसले गर्दा पदमार्ग भएर आउने पर्यटक प्रभावित भएका छन् । सडक विस्तारसँगै पर्यटकीय यो क्षेत्र ओझेलमा पर्न थालेको छ । नेपाल पर्यटन बोर्डले नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्येमा सूचीकृत गरेको यो क्षेत्र यति बेला सडक विस्तारका कारण क्षतविक्षत भएको छ । गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टीएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिएको छ । यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन प्रभावित बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो । वर्षको छ महिना कुमारी रहने टीएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरुप बनेको उहाँको भनाइ छ । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् । एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण संकटमा परेको पदमार्गमा रहेको चौकीबजारका होटल व्यवसायी उदकुमार लोले बताउनुभयो । यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारी सञ्चालन हुन थालेका छन् ।-रासस
मेची-महाकाली रेलः मुख्यमन्त्रीलाई ब्रिफिङ, दशैं अघि डीपीआर
काठमाडौं । मेची-महाकाली रेलमार्गबारे प्रदेशका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ सुरु भएको छ । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार हाल डीपीआर निर्माणको काम भैरहेको प्रदेश ५ र ७ नम्बरका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ गर्न लागिएको हो । विभागको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सोमबार ब्रिफिङ गरेको छ भने प्रदेश ७ का मुख्यमन्त्रीलाई ब्रिफिङ गर्न टोली धनगढी लागेको छ ।‘मेची महाकाली रेलमार्गबारे सम्बन्धीत प्रदेशका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ सुरु गरेका छौं, हाल डीपीआर निर्माणको काम भैरहेका प्रदेश नम्बर ५ र ७ का मुख्यमन्त्रीलाई रेलबारे जानकारी दिन लागेको हौं, यसले काम गर्न पनि सहजता ल्याउँछ’, उपाध्यायले भने । विभागले हालसम्म काकडभिट्टादेखि वुटवलसम्मको ६१९ किलोमिटर लामो रेलमार्गको डीपीआर तयार पारिसकेको छ । हाल बुटवलदेखि गड्डाचौकीसम्मको ४२१ किलोमिटरको डीपीआर पनि दशैं अघि नै सम्पन्न गर्ने योजनासहित काम भैरहेको छ । रेलमार्ग निर्माणका क्रममा आउन सक्ने सम्भावित अवरोध हटाउन र प्रदेश सरकासँग समन्वयका लागि मुख्यमन्त्रीहरुलाई ब्रिफिङ गरिएको हो । सरकारले मेची-महाकाली रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर काम अघि बढाएको छ । नेपालगञ्ज देखि नेपालगञ्जसम्मको १२ किलोमिटरमा पनि । विभागले भारतको नेपालगञ्ज रोडदेखि नेपालको नेपालगञ्जसम्म निर्माण हुने १२ किलोमिटर लामो रेलमार्गकाबारेमा पनि भारतीय टोलीसँग छलफल गरेको छ । त्यसका १२ मार्चदेखि डीपीआर निर्माणको काम अघि बढाउने निर्णय भएको पनि उपाध्यायले जानकारी दिए । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । हाल भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रकचरको काम सम्पन्न भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनि ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । त्यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीहरुको छनौट अन्तिम चरणमा पुगेको छ भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ ।
संघीय नेपालको प्रथम राष्ट्रपति: विद्या भण्डारी कि झलनाथ खनाल ?
काठमाडौं । संघिय नेपालको प्रथम राष्ट्रपति निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ । बामपन्थी गठबन्धनमा राजकिय पद बाडफाँट गर्दा राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेले संघिय नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार छान्नका लागि मंगलबार अपरान्ह ४ बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीले दोश्रो कार्यकालका लागि पुनः दोहोरिने अभियानलाई तिब्र पारेकी छिन् । उनले एमाले र माओवादी केन्द्रका दोश्रो तहका नेताहरुलाई शितल निवासमै बोलाएर आफ्ना पक्षमा लागिदिन आग्रह गरिसकेकी छिन् । उता, पार्टीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपति बन्ने तिब्र इच्छा देखाएका छन् । खनाल अघिल्लो कार्यकालमा पनि राष्ट्रपतिका आकांक्षी थिए तर पार्टीले विद्या भण्डारीलाई उम्मेदवार बनायो । आजै बस्ने एमाले स्थायी कमिटीले आगामी पाँच बर्षका लागि संघिय नेपालको प्रथम राष्ट्रपतिको टुंगो लगाउने छ । ‘स्थायी कमिटीले निर्णय गर्यो भने झलनाथ खनाल राष्ट्रपति बन्नुहुनेछ, माओवादीसँग सल्लाह गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले टुंगो लगाउने अधिकार दियो भने भण्डारी दोहोरिने सम्भावना छ’, एमाले उच्च श्रोतले भन्यो । एमालेले मन्त्री छान्ने जिम्मा भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको थियो । राष्ट्रपतिको उम्मेदवार तोक्ने जिम्मेवारी भने ओलीलाई नदिने सम्भावना रहेको श्रोतले बतायो ।‘स्थायी कमिटीले अध्यक्षलाई मन्त्री छान्ने सर्वाधिकार दिएको थियो, उहाँले आफुलाई काम गर्न सहज हुने टिम बनाउन त्यस्तो गरिएको थियो, राष्ट्रपतिको उम्मेदवार छान्ने सवालमा स्थायी कमिटी आफैंले निर्णय गर्ला’, एमाले श्रोतले भन्यो ।
चोरेर अमेरिका पुर्याइएको ९ सय बर्ष पुराना मुर्ति नेपाल ल्याइँदै
काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका ९ सय बर्ष पुराना मुर्ति पुनः नेपाल फिर्ता ल्याइने भएको छ । चोरेर अमेरिका पुर्याइएको ११ औं शताब्दीमा निर्मित वुद्धको पुर्ण कदको मुर्ति र १२ औं शताब्दीमा निर्माण गरिएको उमा महेश्वरको मुर्ति नेपाल ल्याउन लागिएको हो । ती मुर्तिहरु नेपाल ल्याउन अमेरिकाका लागि नेपाली महाबाणिज्य दुत मधुकुमार मरासिनीले अगुवाई गरेका थिए । अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा राखिएका मुर्तिहरु नेपाल ल्याउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत भैसकेको छ ।
नेशनल बैंकिंग इन्स्टिच्यूटल डिजिटाईजेशन कन्फेरेन्स गर्ने
काठमाडौं । नेशनल बैंकिंग इन्स्टिच्यूटले आगामी चैत्र २ गते काठमाण्डौँमा ‘डिजिटाईजेशन कन्फेरेन्स’ आयोजना गर्ने भएको छ । बदलिदो पारिस्थितिमा सूचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएका चुनौतिलाई बैंकिंग, टेलिकम, सरकारी निकाय र अरुसंग संस्थाहरुले आत्मसार गर्नुपर्ने देखिएको उक्त सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । बैंकिंग, टेलिकम, इन्सुरेन्सलगायत विभिन्नसंग संस्थाहरुले प्रबिधिलाई आप्नाइ राणानितिक एवम दुर्गामी सोच लिनुपर्ने आवश्यकता देखिएको छ । यसै सन्दर्भमा डिजिटाईजेशन जस्तो प्रबिधिक बिषय र यसको परिस्थिति र प्रणालीलाई बुझ्न र यसबाट सम्पूर्ण आर्थिक क्षेत्र, उद्योगहरुलाई मध्यानजर राख्दै अन्तराष्ट्रिय अनुभव आदनप्रदान गर्ने उदेश्यले यो सम्मेलन सान्दर्भिक र समय सापेक्ष हुने आयोजकको विश्वास छ । सम्मेलनमा भारतको कोटप महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्मा, आईसीआईसीआई बैंकका पूर्व डिजिटल चैनल एस्पर्ट राहुलजोशि र आरबीएल बैंकका क्यास म्यानेजमेन्ट एण्ड इलेक्ट्रोनिक बैंकिङ सोलुशनका प्रमुख राजेश लोहरीले कार्यपत्र प्रस्तुत गर्ने भएको छन् । यस सम्मेलनमा आर्यटी विभागका कर्मचारीहरुदेखि मार्केटिङ, अपरेशनमा काम गर्नेहरु सहभागि हुनेछन् ।
विवाह खर्च घटाएर दम्पतीद्वारा विद्यालयलाई २ लाख
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्नो विवाह खर्च घटाएर निरञ्जन माविका गरिब र विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सोमबार २ लाख रुपैयाँ सहयोग गरेकाछन् । तिवारीले आफ्ना पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापनार्थ विद्यालयका प्राचार्य शिवराज पाण्डेलाई सो रकम हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले सो सहयोगले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताएका थिए । गत महिना काठमाडौँमा विवाह गरेका तिवारी संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । रासस
नेपाल चार्टड एकाउन्टेन्ट संघले नयाँ कार्यसमिति चुन्यो, अध्यक्षमा आनन्दराज र महासचिवमा अरण राउत निर्वाचित
काठमाडौं । नेपाली चार्टर्ड एकाउण्टेण्टस्हरुको छाता संगठन नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को २३ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक पाण्डे निविरोध चयन भएको छ । त्यसैगरी महासचिवमा अरुण राउत, कोषाध्यक्षमा राजु ढकाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा संगिता कडरिया प्रसांई, सुबास पौडेल, सन्दिपबावु पौडेल, ऋषि रामपौडेल, रुद्र नाथपोखरेल र अमृत गिरी निर्वाचि भएको महासचिव अरुण राउतले जानकारी दिए । संघको वार्षिक साधारणसभा तथा निर्वाचन गत शनिवार काठमाडौंमा भएको थियो । नेपाली चार्टर्ड एकाउण्टेण्टस्हरुको हकहित संरक्षणको उद्देश्यले २०३४ सालमा स्थपित एउटा गैर नाफा मुलक संस्था हो । यस संस्थाले सदस्यहरुको सामूहित हितको अतिरिक्त देशमा विद्यामान विभिन्न आर्थिक, सामाजिक, लेखा तथा कर सँग सम्बन्धित विषय तथा समस्याहरुको पहिचान, अनुसन्धान गर्ने र समाधानका लागि सुझावहरु सरकार तथा विभिन्न निकायहरुमा पेश गर्ने कार्य गदै आइरहेको छ ।
स्कुटर डे मनाउँदै यामाहा, साथमा विभिन्न योजनाहरु
काठमाडौं । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले उक्त दिवस मनाउन लागेको हो । ‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने । निशुल्क ‘स्कुटर वास’ स्कुटर डेका अवसरमा कम्पनीले देशभरि विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । जसमध्ये निशुल्क स्कुटर वास रहेको छ । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्नेछन् । ट्राफिकलाई दुई स्कुटर ‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने भएको छ । सो सानो सहयोगले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै कम्पनीकाे अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवत नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिएको छ ।