विकासन्युज

प्रधानन्यायाधीश पराजुलीद्धारा राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार पदबाट राजीनामा दिएका छन् । उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि बिहीबार उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ । सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुने भएका छन् ।

नेपालको कसिलो फिल्डिङ २७ ओभरमा पपुवा न्युगिनी ११४ रनमा अल आउट

काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध सानदार पर्दशन गरेको छ । पहिले टस जितेर फिल्डिङ रोजेको नेपालले सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको ४-४ विकेटको मद्धतमा न्युगिनीलाई ११४ रनमा अल आउट गरेको हो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रिनेछ ।

बजारमा २३ करोड ३७ लाखको कारोबार, चार कम्पनीको एक करोड बढीको सेयर किनबेच

काठमाडौं । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर कारोबारमा सुधार आएको छ । बिहीबारकोे बजारमा कुल २३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिन(अर्थात बुधबार)काे तुलनामा ५ कराेड रूपैयाँ बढी हाे । बुधबार १८ करोडको सेयर किनबेच भएको थियो । कारोबारमा आएका कुल १५१ कम्पनीमध्ये ४ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएका छन् । सबैभन्दा बढी नेपाल बैंकको एक करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । त्यस्तै, नबिल बैंकको एक करोड १५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशियाको १/१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक २.४० अंकले उकालो लागेर १२८८.३७ अंकमा पुगेको छ । सो दिन उत्पादनमूलक समूह बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूह ७५ अंकले बढेको छ ।

२ अर्ब पूँजीका उद्योग प्रदेशमै, घरेलु उद्योगलाई स्थानीय तहमा

काठमाडौं । २ अर्ब रुपैयाँसम्म पूँजी लगानी भएका ठूला उद्योगलाई प्रदेश सरकारमा लैजाने तयारी भइरहेको छ । संघिय संरचनाअनुसार २ अर्ब रुपैयाँसम्म लगानी भएका ठूला उद्योगहरु प्रदेश सरकारले हेर्ने तयारी उद्योग, वाणिज्य तथा अापूर्ति मन्त्रालयले गरेको हो । ‘अहिले २ अर्ब रुपैयाँसम्मको उद्योग प्रदेशमा जाने तयारी भएपनि सो रकम अझै बढ्न सक्ने सम्भावना रहेको छ,’ मन्त्रालयका प्रवक्ता गोपिकृष्ण खनालले भने, ‘त्यस सम्बन्धमा समेत मन्त्रालयमा व्यापक छलफल भइरहेको छ ।’ विगतमा ठूला लगानी भएका सबै उद्योग केन्द्रले हेर्ने गरेकोमा अब प्रदेश सरकारमा पनि जाने भएको छ । यद्यपि विदेशी लगानी भएका र अनुमति लिन पर्ने मदिरा, खरखजाना, बारुद लगायतका साना, मझौला तथा ठूला उद्योगहरु भने सम्पूर्ण केन्द्र सरकारले नै हेर्ने उनकोे भनाइ छ । त्यस्तै, उनले लघु, घरेलुु तथा साना उद्योगहरु स्थानीय तहमा जाने बताए । १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मका मझौला उद्योगहरु प्रदेश सरकारमा दर्ता गरिने उनको भनाइ छ । तीबाहेक निश्चि रकमका ठूला उद्योगहरु समेत प्रदेश सरकारले हेर्ने सम्बन्धमा छलफल भइरहेको हो । विभागको प्रवत्ता दुर्गाप्रसाद भुसालले २ अर्ब रुपैयाँसम्मको पूँजी भएका उद्योग दर्ता प्रदेश सरकारमा गर्न उपर्युक्त हुने भएकोले उक्त प्रस्ताव मन्त्रालयमा लगेको बताए । ‘त्यस्तै घरेलु तथा साना उद्योग विभागको काम समेत स्थानिय तहमा जाने र उक्त विभाग उद्योग विभागमै मिसिने तयारी भइरहेको छ,’ उनले भने । संविधानमा सबै किसिमको उद्योग प्रदेशमा दर्ता हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार अहिले २ अर्ब रुपैयाँसम्म पूँजी भएका उद्योगहरु प्रदेश सरकारमा दर्ता गर्ने तयारी गरिरहेको उद्योग विभागले जनाएको छ । योभन्दाअघि १० करोड रुपैयाँभन्दा माथि पूँजी भएका सम्पूर्ण उद्योगहरु विभागमै दर्ता हुदै आएको थियो ।

जनता बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, नयाँ शाखा सञ्चालनमा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले बुधबारदेखि गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप कम्पनीले सो स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखा बैंकको ९६औं शाखा हो ।

सगरमाथा इन्स्योरेन्सको एकैदिन थप ९ वटा शाखा सञ्चालनमा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकैदिन थप ९ वटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी सो मात्राको कार्यालयबाट ग्राहकलाई बीमा सुविधा दिने भएको छ । कम्पनीले आजबाट सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो । त्यसैगरी कम्पनीले चितवनको टांढी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याएको हो । कम्पनीले बीमा सेवाको पहुँचलाई देशका ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्देश्यका आफ्नो सेवालाई विस्तार गरेको हो । कम्पनीका सञ्चालक पद्म ज्योतितथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरास्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय विस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिएका छन् ।

ललितपुरमा शुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ शुरु भएको छ । मेला बुधबारदेखि सुरु भएको हो । मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा उनले प्रदेशको आर्थिक विकास गर्न लगानी मैत्री वातारण बनाउने, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार र निजी क्षेत्रको सहकार्यलाई अघि बढाउने उनको जोड छ । संघकाले सरकार एवं निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिएको छ । हस्तकलाको प्रवद्र्धन गरी ललितपुर नमूना हस्तकला ग्राम निर्माण गर्नु पर्ने, जसको माध्यमबाट ललितपुर जिल्लालाई पर्यटन प्रवद्र्धनको रुपमा विस्तार गर्न सकिने संघको भनाइ छ । मेलामा पाकिस्तान, बंगलादेश, भारत लगायतको २२ र स्वेदशी ५८ गरी ८० वटा स्टलहरु राखिएको आयोजकको भनाइ छ ।

एनआईसी एशियाको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त कार्कीले सचिवमा नियुक्त भएकै दिनदेखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।