विकासन्युज

स्याङ्जामा चेम्वरको कर सम्बन्धि प्रशिक्षण

काडमाडौं । स्याङजा चेम्वर अफ कमर्सको आयोजनामा एकदिने कर शिक्षा तथा चेम्वर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्वरले पनि विधान शंशोधन गरी केन्द्र, जिल्ला, नगर र गाउँंस्तरीय गरी देशभर चेम्वरका शाखाहरु गठन गरेको जानकारी दिएका छन् । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका निर्देशक डा. भगवान खड्काले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा स्याङजा जिल्ला चेम्वर अफ कमर्सका पदाधिकारी एवं सदस्य लगायत उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक र सीईओ स्नातक हुनुपर्ने, याेग्यता नपुगेका हट्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक हुन न्युनतम् स्नातक पास गरेको हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरी सीईओ र सञ्चालकको शैक्षिक योग्यता निर्धारण गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धित ऐन (वाफिया) लागु भएपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमुख कार्यकारीको योग्यता तोकेको हो । स्नातक भन्द कम योग्यता भएका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक अब स्वत पदमुक्त हुने भएका छन् ।

एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ६ लाख नगद लाभांश दिने, संस्थापक र सर्वसाधरणलाई हकप्रद शेयर जारी गर्दै

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले राजधानीमा सोमबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकाे लागि ६ लाख ३९ हजार रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पूँजीमा कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, त्यसपश्चात कायम हुने सम्पूर्ण शेयरधनी(संस्थापक र सर्वसाधरण) लाई १ः३ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले शेयरधनीहरुबाट समितिमा प्रतिनिधित्व गर्न ५ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरी रहेका छन् ।

एनएलजी इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र कुमारी बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना तथा ईन्स्योरेन्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले निर्जिवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकको सम्पुर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने छन् ।

सिन्डिकेटधारीलाई गलाउन विरोधीलाई फकाउँदै सरकार

काठमाडौं । सिन्डिकेटको विरोध गर्दै आएका नेपाल राष्ट्रिय यातायात सर्वाेच्च महासंघले सरकारसँग वार्ता गर्ने भएको छ । यातायात नविकरण र पञ्जिकरणमा विवाद देखिएपछि व्यवसायीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसँग वार्ता गर्न लागेका हुन् । यातायात सञ्चालनका लागि नविकरण र पञ्जिकरणका लागि सहजीकरणको माग गर्दै व्यावसायीले यातायात मन्त्रीसँग छलफल गर्न लागेका हुन् । व्यवसायीहरु सिन्डिकेट अन्त्यको समर्थन गर्दै नविकरणमा र पञ्जिकरणमा सहज बनाउन माग गरिरहेका छन् भने सरकार आन्दोलनरत व्यवसायीलाई गलाउन विरोधी व्यवसायीहरुलाई प्रयोग गर्ने तयारी गरिरहेका छन् । यातायात व्यवसायी महासंघका अध्यक्ष विस्णु शिवाकोटीका अनुसार मंगलबार यातायात मन्त्री महासेठले वार्तामा बोलाएको बताए । वार्तामा यातायात क्षेत्रमा रहेको समस्याको विषयमा कुरा हुने र सवारी ऐन २०४९ अनुसार सवारी नविकरण र पञ्जिकरणको विषयमा छलफल हुने शिवाकोटीले जानकारी दिए । २० वर्ष पुगिसकेका सवारी धनिलाई पुन सवारी खरिदको लागि सरकारले राजस्व छुटको व्यवस्था मिलाउनु पर्ने २० वर्ष पुराना गाडीको जाँच पास भए सञ्चालन गर्न पाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । यातायात व्यवस्था विभागले भने पञ्जिकरणका लागि आवश्यक मापदण्ड पुरा गर्नुपर्ने जनाएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालका अनुसार पञ्जिकरणका लागि अहिले सम्म १२३ कम्पनी आइसकेका छन् । तोकिएको मापदण्ड नभए पञ्जिकरण गर्न सकिदैंन, विभागले गर्ने सबै कार्यहरु विभागले गरेको संशोधित निर्देशिका कार्यविधी अनुसार नै अगाडी बढ्ने बताए । नयाँ कम्पनी दर्ता हुनका लागि अहिले विभागमा भिड हुने गरेको अर्यालले बताए । कम्पनीको रुपमा दर्ता भएका सबै व्यवसायीले बन्दको बेला सवारी सञ्चालन गर्ने यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि यातायात मार्फत रहेको २१० कम्पनीको करिब ५५ हजार सवारी साधन सिन्डिकेटधारीको बन्दमा पनि सञ्चालन गर्ने तयारी गरेको छ । सिन्डिकेटको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई भने अहिलेसम्म सरकारले वार्तामा बोलाएको छैन । उहरुले १२ गते सिन्डिकेटको पक्षमा रहेका सबै सवारीलाई बिना रुट सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै गृह मन्त्रालयले भने यातायात नियम मिच्नेलाई सेना प्रहरी लगाएर कारबाही गर्ने तयारी गरेको छ । सर्वोच्च महासंघमा आवद्ध २१० कम्पनीका करिब ५५ हजार सवारीले सिन्डिकेटधारीको बन्दमा सवारी सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा कार्यालय ज्ञानेश्वरमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोमबार बैंकका संचालक पुष्पबहादुर प्रधानले गरेका हुन् । बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सेयर बजार घटेको दिन नेपाल बैंकको मात्र झण्डै १० करोडको कारोबार, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला नेपाल बैंकको सबैभन्दा बढी किनबेच भएको छ । बैंकको प्रतिकित्ता ३६३ रुपैयाँमा ९ करोड ५९ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार ६५८ कित्ता सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपैयाँ गिरावट आएको छ । नेपाल बैंकको सेयर मूल्य सस्तो हुनु र सोमबार चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको हो । नेपाल बैंककको सेयर मूल्य सस्तो भएको हुदा लगानीकर्ताले सुरक्षित ठानेर लगानी बढाउदा बढी कारोबार भएको एक ब्रोकरले बताए । सस्तो मूल्य र वित्तीय विवरणले लगानीकर्तालाई लोभ्याएको ती ब्रोकरको भनाई छ । बैंकले सोमबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी खुदनाफा २ अर्ब ५६ करोड रुपैयाँ भएको जानकारी दिएको थियो । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ बढी छ । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पनि प्रतिकित्ता १३ हजार १०० रुपैयाँमा ४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताले विश्वास गुमाउँदा २७ अंकले बजार घट्यो, १ अर्ब ५० कराेडकाे काराेबार

काठमाडौं । लगातार १० दिनदेखि उकालो लाग्दै आएको सेयर बजार सोमबार आएर घटेको छ । निरन्तर बढेपछि सोमबार करेक्सन भएपनि घट्न थालेपछि लगानीकर्ताले धमाधम बिक्री बढाउदा यसको असर बजारमा परेको हो । सोमबारकाे बजार २७.६४ अंकले घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ४१० अंकमा झरेको छ । बजार घट्ने संकेत पाएपछि लगानीकर्ताले नाफा जोगाउन धमाधम सेयर बिक्रीका लागि ब्रोकरमा बुक गर्न थालेपछि यसको असर बजारमा परेको एक ब्रोकरले बताए । आइतबार ५० अंकले बढेर एैतिहासिक उछाल आएको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । सोमबार परिसूचकमा गिरावट भएतापनि सेयर कारोबारमा भने सकारात्मक संकेत देखिएको छ । दोहोरो अंकले घटेको बजारमा पनि १७० कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८८ अंकले घटेको छ । त्यस्तै, फाइनान्स र ट्रेडिङ समूह क्रमशः ९ र ५ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । सोमबार नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।