विकासन्युज

गण्डकी विकास बैंकको बोनस पछिको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १९.३१०६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २८० रुपैयाँ रहेको थियो ।

सुन तस्करीका नाइके गोरेलाई आजै जिल्ला अदालत मोरङमा उपस्थित गराइदै, उच्च प्रहरी अधिकारी र नेता पर्ने संभावना

काठमाडौं । सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आजै मोरङ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । गोरेलाई प्रहरी आज राजधानीको गौरीघाटस्थित एक होटलबाट पक्राउ गरेको हो । आजै अदालतमा उपस्थित गराएर छानविन थालिने छानविन समितिका संयोजक ईश्वरी पौडेलले जानकारी दिए । उनले गोरे ३ दिन अघि भारतबाट काठमाडौं आएका थिए । जेरी जस्तै जेलिएको यो काण्डमा उच्च प्रहरी अधिकारीका साथै नेता पनि पर्ने संभावना छ ।

ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखारहित बैकिङ्ग सेवाको एक विशेष समारोहकाबीच जानकी गाउँपालिका प्रमुख प्रदिपकुमार चौधरी र ग्लोबलका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सो सेवाको लागि स्थानीय अनुपकुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । ग्लोबलले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

३८ क्वीन्टल सुन तस्करीका प्रमुख नाइके गोरे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि गोरेलाई अहिले साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउने भएको छ । गोरेलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।

अखाद्य वस्तु बिक्री गर्ने ११३ व्यवसायी विरुद्ध मुद्दा, १ वर्षसम्म कैद हुन सक्ने

काठमाडौं । मुलुकभर अखाद्य वस्तु बिक्री गर्ने ११३ उद्योगी व्यवसायी विरुद्ध सरकारले मुद्दा दायर गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभर गरेको अनुगमनको क्रममा ११३ उद्योगी तथा व्यवसायीहरुले अद्याग वस्तु विक्री गरेको फेला पारेको छ । ती उद्योगी तथा व्यवसायीहरुले अत्यावश्यक खाद्य वस्तु उत्पादन तथा बिक्रीको क्रममा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाढ गरेको भन्दै खाद्य ऐनलाई टेकेर विभागले सम्बन्धीत व्यवसायी विरुद्ध मुद्दा दायर गरेको हो । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले गएको आर्थिक वर्षको नौ महिनाको अबधिमा(चैत महिना) मुलुकभर ११३ उद्योग विरुद्ध मुद्दा दायर गरेको बताए । ‘अनुगमनको क्रममा ती उद्योगी व्यवसायीहरुले खद्याग वस्तु बिक्री गर्दै आएको फेला पारेका छौं,’ उनले भने ‘उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाढ गरी अखाद्य वस्तु उत्पादन तथा बिक्री गरेको कारण विभागले ती उद्योग विरुद्धमा सम्बन्धित जिल्लाहरुमा मुद्दा दायर गरिसकेका छौं ।’ उनको अनुसार दोषी भेटिएका उद्योगी व्यवसायीहरुले भदौपछि संसोधित ऐन अन्तर्गत बढीमा ५ वर्षसम्म जेल सजाय भोग्नु पर्ने र ५० हजार रुपैयाँसम्म जरिबाना बेहोर्नु पर्ने बताए । ‘हाललाई भने बढीमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्मको मात्र जरिबाना सरकारले तोकेको छ,’ उनले थपे । विभागले मिठाई उत्पादन गर्नेदेखि तयारी चाउचाउ उत्पादन गर्ने उद्योगी व्यवसायीहरु विरुद्धमा मुद्दा दायर गरेको हो । लड्डुर् उत्पादन गर्ने उद्योग न्यु भवानी स्वीट्स एण्ड चाट उद्योगदेखि सुनसरीको तयारी चाउचाउ उत्पादन गर्ने कम्पनी एशियन थाई फुड्ससम्म सरकारले कारबाहीको दायरामा ल्याएको छ । त्यस्तै ललितपुरको नन्दन मिठाइ भण्डार, सोही स्थानको मिल्कमाण्डु डेरी, भक्तपुरको नेचुरल स्प्रिङ वाटर, सोही स्थानको शंखर मिठाइ पशल, काठमाडौंको पिउने पानी उत्पादन गर्ने स्तुपा इण्डष्ट्रिज, बालाजुको दुग्ध विकास संस्थान, बाराको तोरी तेल बिक्री गर्ने एग्रो प्रोशेसिङ एण्ड इण्ड, हेटौडा पाउरोटी उत्पादन गर्ने चुरियामाई बेकरी उद्योग लगायत उद्योगहरु विरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै मुलकभरका विभिन्न गाई भैंसीको दाना, वियर, वर्फी, मिक्स दाल, मख्खन, अमिलो चुक, क्याण्डी, हल्का, कुखुराको दाना, रहर दाल, भेजिटेबल केचप, विस्कुट, सस लगायतका वस्तु उत्पादन गर्ने उद्योग तथा व्यवसायीक कम्पनीहरु सबैलाई मुद्धाको दायरामा विभागले ल्याएको छ । ती उद्योग तथा व्यवसायीले उत्पादन तथा बिक्री गरेको खाद्य पदार्थहरु न्यूनगुणस्तर, दुषित, लेबल नभएको अनुसन्धानको क्रममा विभागले फेला पारेको थियो । सबैभन्दा बढी अखाद्य तेलमा भेटियाे विभागले मुद्दा दायर गरिरहँदा सबैभन्दा तेल उद्योगको मुद्दा दायर भएको छ । न्यनून गुणस्तर तेल उत्पादन तथा बिक्री गर्ने २३ उद्योगी व्यवसायी बिरुद्ध सरकारले मुद्दा दायर गरेको हो । ती उद्योगहरुले उत्पादन गरेको तेल न्यून गुणस्तरको रहेको प्रवक्ता वस्तीले बताए । त्यस्तै संवेदशील रुपमा रहेको अत्यावश्यक वस्तु पानी र दुधमा पनि त्यस्तै बढी मुद्दा परेको छ । उनको अनुसार पानी उत्पादन तथा बिक्री गर्ने १८ र दुध उत्पादन गर्ने १४ उद्योगी व्यवसायी विरुद्ध विभागले मुद्दा दायर गरेको छ । ती उद्योगले उत्पादन गरेको पानी तथा दुध दुषित, न्युनगुणस्तरको रहेको भेटिएको छ । जलप्योर ड्रीङ्स वाटर प्राली काठमाडौंदेखि जय हनुमान ड्रीङस वाटर सर्लाहीसम्मकोसम्मको पानी उद्योग, दुग्ध विकास संस्थान बालाजुदेखि नारायणी मिल्क एण्डस प्रालि हेटौंडासम्मको दुध र रौनक आधुनिक तेल उद्योग रुपन्देहीदेखि गणपति वास्मति वनस्पति प्रालि सिमरा बारासम्मका तेल उद्योगहरु मुद्दाको दायरामा परेका छन् ।

बिराटनगरको भारतीय फिल्ड अफिस बन्द

काठमाडौं । भारतले बिराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले बिराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गर्ने निर्णय भएको औपचारिक जानकारी गराएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबिच बिराटनगरको फिल्ड अफिस बन्द गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार भारतीय फिल्ड अफिस बन्द गर्ने प्रक्रिया अघि बढेको भारतीय विदेश मन्त्रालयले आफ्नो वेभसाइट मार्फत उल्लेख गरेको छ ।

रुद्राक्षको खेती गर्ने सोचमा हुनुहुन्छ ? प्रवद्र्धन केन्द्रले यसरी वितरण गर्दैछ २० हजार विरुवा

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले २० हजार रुद्रक्षको विरुवा खरिद गर्ने भएको छ । पुरानो र नयाँ रुद्राक्ष गरी केन्द्रले २० हजार वटा विरुवा टेण्डर प्रक्रियाबाट खरिद गर्न लागेको हो । केन्द्रका निर्देशक नविनराज शर्माले यसरी खरिद हुने विरुवा सुनसरी र संखुवासभाका किसानलाई वितरण गरिने बताए । उनले रुद्रक्षको बजार बढ्दै गएकोले वातावरण अनुसार जो कोहि कृषकले यसको खेति गर्न सक्ने बताए । केन्द्रले २ वर्ष परानो विरुवा १२ हजार वटा माग गरेको छ भने डेढ वर्ष पुरानो विरुवा ८ हजार वटा माग गरेको छ । २ वर्ष पुराना विरुवा खरिद गर्नका लागि केन्द्रले १८ लाख ६० हजार रुपैंया तोकेको छ भने डेढ वर्ष पुरानो विरुवालाई ११ लाख २० हजार रुपैंया तोकेको छ । खरिद प्रक्रियामा सहभागी जनाउन चाहने फर्म वा कम्पनीलाई केन्द्रले जमानत स्वरुप साढे ४६ हजार र २८ हजार दिनेछ । केन्द्रले विरुवा खरिद गरेर सुनसरी, भोजपुर र संखुवासभाका उद्योग वाणिज्य संघलाई हस्तान्तरण गर्नेछ । संघले कृषकलाई एकदिने तालिम दिएर विरुवा वितरण गर्नेछ । रुद्राक्षको अन्तराष्ट्रिय बजार बढ्दै गएपछि नेपालमा यसको खेति बढाउन लागिएको निर्देशक शर्माले बताए । रुद्रक्षको विरुवा असारदेखि असोजसम्म रोप्न सकिन्छ ।

‘गतिशिल पूँजी बजार’ले लगानीकर्ता अन्योलमा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारबारे ‘पूँजी बजारको विस्तार गरि आन्तरिक लगानी परिचालनलाई गतिशिल बनाइनेछ ।’, लेखिएको छ । पूँजी बजार सम्बन्धी सरकारको आधिकारीक धारणाबारे लगानीकर्ताले भने मिश्रित प्रतिक्रिया दिएका छन् । त्यति मात्रै होइन, गतिशिल पूँजी बजारबारे सेयर बजारका पण्डितहरु नै अन्यौलमा देखिएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले उत्साह व्यक्त गरे । सरकारले ल्याएको निती तथा कार्यक्रमले पूँजी बजारको दिर्घकादिन विकास र विस्तारलाई समेटेको दावी गरे । उनीले अब सेयर बजारमा स्वर्णिम युग सुरुहुने दावी समेत गरे । ‘पहिलो पटक सरकारले नीति तथा कार्यक्रममा पुँजी बजारलाई यति प्रष्ट भाषामा समेटेको छ, यसले अब सेयर बजारमा स्वर्णिम युगको आरम्भ हुने अपेक्षा गरेका छौं’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने । उनले अनलाईन कारोबार सुरु हुनै लागेको, एनआरएनहरुको प्रवेशबारे गृहकार्य भैरहेको र सरकारले नीति तथा कार्यक्रमबाटै सेयर बजारको विकास र विस्तारमा ठोस काम गर्ने बताउनुलाई निकै सकारात्मक रुपले लिएको बताए । सेयर बजारका जानकार ज्योति दाहालले भने गतिशिल बनाउने भन्ने शब्दावली नै बहुअर्थी रहेको बताए । उनले सरकारको निती तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने तात्विक कारण नरहेको पनि बताए । यद्यपी रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने र ऋण पूँजी संकलन(डिबेञ्चर र बण्ड) जारी गर्ने तर्फ नीति तथा कार्यक्रमले संकेत गरेको उनको बुझाई छ । इन्भेष्टर्स फोरमकै महासचिव राजन लम्सालले पनि नीति तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने कारण नभएको बताए । ‘गतिशिल बनाउने भनेको के हो ? पुँजी बजार त सधै गतिशिल नै हुन्छ, यो अमुर्त कुरा भयो, लगानीकर्ता उत्साहित हुनुपर्ने ठोस कारण छैन, अब हामी बजेटलाई कुर्नुको विकल्प छैन’, महासचिव लम्सालले भने ।