विकासन्युज

स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी, मूल्य २० लाख बढी पर्ने

काठमाडौं । केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलईडी टिभीभन्दा निकै राम्रो रहेको छ । साथै, यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यस टिभीको बजार मूल्य २० लाख रुपैयाँ भन्दा माथि पर्ने कम्पनीले जनाएको छ । स्काईवर्थको गुगल एन्ड्रोइड टिभी र मल्टि फङ्सनल टी टेबल पनि पनि सार्वजनिक गरिएको थियो । त्यस्तै, मल्लि फङ्सनल टी टेबल, टेबल मात्र नभई रेफ्रिजेरेटर, साउण्ड बक्स, मोबाइल चार्जिङ् यूनिट जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो । साथै, स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्तर्गत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने कम्पनीले जनाएको छ ।  

बीपीसीको २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड(बीपीसी)को २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । मंगलबार(आज) सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम कम्पनीले आ.ब. २०७३/७४ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राको नगद लाभांश दिने भएको छ । सो सभाले आ.ब. २०७४/७५ को लागि लेखापरीक्षण गर्नका लागि बीआरएस नेउपाने एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । साथै, नयाँ सेयर निष्काशन पश्चात् सर्वसाधारण सेयरधनीहरुको सेयरको अनुपात अनुसार सर्वसाधारण सेयरधनीको तर्फवाट दुई जना संचालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । यस कम्पनीले हालै चिनिया साझेदारहरु एससीआईजी इन्टरनेशनल लिमिटेड, जिङ्चेण्ड इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एण्ड ओवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेडसंगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मस्र्याङदी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङदी-२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका सेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ । सो आयोजनाहरुको बीचमा कम्पनीले नै अध्ययन गरेको १४० मेगावाटको लोअर मनाङ मस्र्याङदी आयोजना रहेको छ । उल्लेखित तीनै आयोजनाहरु नदी वेसिन आयोजनाको रुपमा नेपाली बजारलाई लक्षित गरी प्रचलित निर्देशिका बमोजिम क्षमता पुनरावलोकन गरी विकास गर्ने कम्पनीको लक्ष्य रहेकाे छ । त्यसैगरी, इन्फ्राको एसियासंगको संयुक्त लगानीमाहाल ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनातथा स्थानीय साझेदारसंगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । सो दुबै आयोजनाहरुमा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्ला स्थित ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

नापी कार्यालयका अधिकृत भागवत साह २ लाख ५० हजार घुससहित अीख्तयारको फन्दामा

काठमाडौं । साँखु, काठमाडौंका कार्यालय प्रमुख, नापी अधिकृत भागवत साह भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेका छन् । अख्तियारको गोकर्णेश्वर नपा वडा नं २ स्थित नयाँपाटीमा रहेको जग्गा कित्ता काट गरिदिएवापत सेवाग्राहीसँग घुस लिने क्रममा साह पक्राउ परेका हुन् । अख्यिारका प्रवक्ता रामेश्वर दंगालका अनुसार कार्यालय सहयोगी खेमराज भण्डारी मार्फत निज नापी अधिकृत भागवत साहलाई २ लाख पचास हजार घुसवापतको रकम लिइसकेको अवस्थामा साह पक्राउ परेका हुन् । अख्तियारको अनुसन्धानको क्रममा साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ० बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो २ लाख पचास हजार कायम गरी विशेस अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीसँगै सहयोगी भण्डारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

बैंक र ऋणीबीचको विवाद चुलिँदै, एकै महिना २० मुद्दा दायर, दुई बैंकको उठ्यो १० करोड १५ लाख

काठमाडौं । बैंक र ऋणीहरु बीचको विवाद बढ्दै गएको देखिएको छ । एकै महिना ३ वटा बैंकले ऋणीहरु विरुद्ध २० वटा मुद्दा दायर गरेको हो । मुद्दा दायर गर्नेमा सबैभन्दा धेरै नेपाल क्रेडिड एण्ड कमर्श बैंकले ११ जना ऋणीहरु विरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, एनआइसी एशिया बैंकले ९ जना, महालक्ष्मी बैंकले २ जना र प्रभु बैंकले २ जना विरुद्ध मुद्दा दायर गरेको हो । पछिल्लो समय ऋण असुली न्यायधिकरणको व्यस्थता लेखा प्रमुख प्रकाश कोइरालाले बताए । बैंकहरुले आधिकारीक धितो बिना नै ऋण दिनाले समस्या बढ्ने गरेको कोइरालाले बताए । उनले भने-‘अहिले ऋणीहरुले धितो लिलामी हुने डरले ऋण तिरिरहेका छन्, केहि बैंकहरुले बढी मुल्याङकन गरी ऋण प्रभाह गर्दा असुलीमा समस्या परिरहेको छ ।’ बैशाख महिनामा मात्रै न्यायाधिकरणले ३ थान मुद्दाको फैसलाबाट किनारा लगाएको छ । न्यायधिकरणले नविल बैंकको २ र हिमालयन बैंकको १ मुद्दा फैसला गरेको हो । यसैगरी, फैसलाबाट नै एनआइसी एशिया बैंकको ८ करोड र एनसीसी बैंकको २ करोड १५ लाख ९८ हजार असुली भएको छ । चालु आर्थिक वर्षमा न्यायधिकरणले ७६ वटा मुद्दाको फैसला गरेको छ । न्यायधिकरणले साउनमा २, भदौमा ३, कात्तिकमा १३, मंसिरमा ७, पुसमा १९, माघमा १०, फागुनमा ९, चैत र बैशाखमा ३ मुद्दाको फैसला गरेको हो । न्यु अनिल टेक्सटाइलले अझै तिरेन एनआइसी एसियाको ९ करोड न्यु अनिल टेक्सटाइल प्रालीले एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ कर्जा तिरेको छैन । कर्जा नतिरेपछि न्यायधिकरणले सञ्चालक मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाललाई गत चैत ७ गते पक्राउ गरेको थियो । टेक्सटाइललाई न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एशियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । तर १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले अग्रवालको पक्राउ परेका थिए । पक्राउ परेका टेक्सटाइल प्रालीका सञ्चालकले रकम तिर्न नसक्ने कागज गरिसकेले उनीहरुलाई २०७५ चैत ६ गतेसम्म प्रहरीले थुनामा राख्न सक्ने श्रेस्तेदार कोइरालाले बताए ।

गण्डकी विकास बैंकको शाखा घोराही र पर्सामा, १८ वटा थप्ने तयारी

काठमाडौं । गण्डकी विकास बैंकले दाङ्गको घोराही र चितवनको पर्सामा थप शाखा विस्तार गरेको छ । बैंकको घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले गरेका छन् । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ र कर्जा १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । बैंकले ५९ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सेवा दिने भएको छ । साथै, बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

सिजीको एयरकुलर नेपाली बजारमा, १२ महिना वारेण्टी

काठमाडौं । गर्मीयाम शुरु भएसंगै सिजीका एयर कुलरहरु नेपाली बजारमा भित्री सकेका छन् । विभिन्न आकर्षक मोडल र विशेषताहरु युक्त एयर कुलरहरु  बेग्ला बेग्लै क्षमता र स्वरुपमा रहेका छन् । ती एयर कुलरहरुमा बिलकुलै नयाँ क्वाड्रा फ्लो नामक टेक्नोलोजी राखिएको छ । जसको कारण यसले चौतर्फी हावा प्रवाह गर्दछ । यस एयर कुलरमा आइसच्याम्बर, हियुज वाटर ट्याङ्क, पावर फुल मोटरजस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् । यस कुलरहरुमा १२ महिनाको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

नेकपाको ४४१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी आमन्त्रित सदस्यमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् । मंगलबार सार्वजनिक केन्द्रीय सदस्यमा अइन्द्रसुन्दर नेम्वाङ, अग्निप्रसाद सापकोटा, अच्युत मैनाली, अच्युतम काफ्ले, अजम्बर राई, अजयशंकर नायक, अञ्जना बिसङ्खे, अमर मण्डल, अमर तमु, अमृता थापा मगर, अरुण नेपाल र अष्टलक्ष्मी शाक्य छन् । यस्तै आनन्द पोखरेल, आशा कोइराला, ओनसरी घर्ती, ओम शर्मा, इन्द्र आङ्बो, इन्द्रजित थारु, ईश्वर पोखरेल, ईश्वरी रिजाल, ईश्वरीप्रसाद भट्टराई, उमा कोइराला, उर्मिला अर्याल, एकबहादुर राना, एकराज विश्वकर्मा, कर्ण थापा, कमल चौलागार्इं, कमलजङ्ग राई, कमानसिंह लामा, कमलादेवी महतो, कमला रोका, कल्याणी खड्का, कालीबहादुर मल्ल, काशीनाथ अधिकारी, किरण गुरुङ, किसन शर्मा, किशोर अधिकारी, कुमार पौडेल, कुमारी मोक्तान, कुलप्रसाद केसी, केदार न्यौपाने, केशव नेपाल, केशवलाल श्रेष्ठ, कैलाश ढुङ्गेल, कृष्ण केसी, कृष्ण खनाल, कृष्ण धिताल, कृष्णप्रसाद सापकोटा, कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, कृष्णध्वज खड्का, खगराज अधिकारी, खगराज भट्ट, खगेन्द्र चुडाल, खगेन्द्र राई, खिमलाल देवकोटा, खिमलाल भट्टराई, खेमप्रसाद लोहनी, खेममान खड्का, गजेन्द्र महत, गणेश पहाडी, गणेशमान पुन, गणेशसिंह ठगुन्ना, गणेश साह र गरिमा शाह छन्। त्यस्तै गिरिधारीलाल न्यौपाने, गिरिराजमणि पोखरेल, गुरु बराल, गुप्त हमाल, गुलाबजङ्ग शाह, गोकर्ण विष्ट, गोकुल घर्ती, गोकुल बाँस्कोटा, गोविन्दबहादुर नेपाली, गोविन्दविक्रम शाह, गोपाल ठाकुर, गोपाल शर्मा, गोरख बोगटी, गोमा देवकोटा, गोपी अछामी, गौरा प्रसार्इं, गौरी ओली, गंगा कार्की, गंगा बेल्बासे, गंगालाल तुलाधर, गंगा यादव, घनश्याम भुसाल र घनेन्द्र बस्नेत छन् । नेकपाको केन्द्रीय सदस्यमा चक्रपाणि खनाल, चन्द्रबहादुर शाही, चूडामणि खड्का, चूडामणि जंगली, छविलाल विश्वकर्मा, जगत विश्वकर्मा, जगत यादव, जगन्नाथ खतिवडा, जगप्रसाद शर्मा, जगदीशप्रसाद कुशियत, तिलक महत, तिलकराम शर्मा, तिलकुमार मेन्याङ्वो, तिलबहादुर विश्वकर्मा, तुलबहादुर गुरुङ, तेजबहादुर ओली, तैयव हुसेन, थममाया थापा, दधिराम न्यौपाने, दलजीत श्रीपाइली, दलबहादुर राना, दामा शर्मा, दावा लामा, दिनेश पन्थी, दिनेशचन्द्र यादव, दिनेश राई, दिलीप प्रजापति, दिलीप महर्जन, दिलु पन्त र दीनानाथ शर्मा छन् । आज सार्वजनिक नामअनुसार दीपक देवकोटा, दीपबहादुर योञ्जन, दीपेन्द्र पुन, दुर्गाजयन्ती राई, दुर्गाप्रसाद चापागार्इं, देउमान सम्बाहाम्फे, देवराज घिमिरे, देवराज रेग्मी, देवी खड्का, देवीलाल चौधरी, देवी ज्ञवाली, देवेन्द्र दाहाल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, देवशंकर पौडेल, धर्मदत्त देवकोटा, धर्मनाथ यादव, धर्मनाथ साह, धर्मराज निरौला, धर्मशिला चापागार्इं, धीरन शर्मा, नजिर मियाँ, नवीन रोका, नरुलाल चौधरी, नरेन्द्र कुँवर र नरेश खरेल केन्द्रीय सदस्य हुन् । यस्तै नरेश भण्डारी, नागेन्द्र चौधरी, नारदमुनि राना, नारायणकाजी श्रेष्ठ (प्रवक्ता), नारायण दाहाल, नारायण सिलवाल, नारायण शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, निर्मल बराल, नीरज आचार्य, निरा जैरु, नीरुदेवी पाल, नेपबहादुर चौधरी, पद्मा अर्याल, पम्फा भुसाल, परशुराम तामाङ, परशुराम मेघी गुरुङ, परशुराम रम्तेल, पशुपति चौलागाईं, पार्वत गुरुङ, पार्वती थापा, पासाङ शेर्पा, पुरनसिंह दयाल, पूर्णकुमारी सुवेदी, पुष्पविक्रम मल्ल, पुष्पा घर्ती, प्रकाश ज्वाला, प्रकाशहरि पोख्रेल, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, प्रभु साह, प्रह्लाद बुढाथोकी, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, प्रेमबहादुर आले, प्रेमल खनाल, प्रमेश हमाल, प्रमोदनारायण यादव, पृथ्वीसुब्बा गुरुङ, बद्री न्यौपाने, बलदेव चौधरी, बलावती शर्मा, बलवीरप्रसाद चौधरी, बलराम बाँस्कोटा, वसन्त घर्ती, वसन्त मानन्धर, वर्षमान पुन, वामदेव गौतम, विक्रम शाही, बिना मगर, बिन्दा पाण्डे, बिन्दमान विष्ट, बिना श्रेष्ठ, विनोद ढकाल, विनोद श्रेष्ठ, वंशीधर मिश्र, वैजनाथ चौधरी, बोमबहादुर विश्वकर्मा, विमला घिमिरे, विमला सुवेदी, विरोध खतिवडा, विशाल भट्टराई, विषमलाल अधिकारी, वीरमान चौधरी, वेदुराम भुसाल, बोधमाया यादव, भगवती चौधरी, भरतप्रसाद साह, भानुभक्त ढकाल र भानुभक्त जोशी छन् । यस्तै नेकपाका केन्द्रीय सदस्यमा भागवत विश्वासी, भाष्कर काफ्ले, भीम आचार्य, भीम कार्की, भीम रावल, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, भैरवसुन्दर श्रेष्ठ, मणि थापा, मना केसी, ममता गिरी, मनोज थापा, महादेव यादव, महेन्द्र पासवान, महेन्द्र पाण्डे, महेन्द्रबहादुर शाही, महेश बस्नेत, महेश रेग्मी, महेश्वर गहतराज, महेश्वर दाहाल, महेश्वर पाठक, मञ्जु चौधरी, मातृका यादव, माधव अर्याल, माधव ढुङ्गेल, माधवकुमार नेपाल (वरिष्ठ नेता), माधव सापकोटा, मानबहादुर जिसी, मानबहादुर बुढा, मायानाथ अधिकारी, मायाप्रसाद शर्मा, मेटमणि चौधरी, मोहन बानियाँ, मोहमद अन्सारी, मोहमद हारुन, मुकुन्द न्यौपाने, मुक्ति प्रधान, यदुवंश झा, यशोदा सुवेदी, यज्ञराज सुनवार, यामलाल कँडेल, युवराज कार्की, युवराज खतिवडा, युवराज चौलागार्इं, युवराज दुलाल, युवराज भट्टराई, युवराज ज्ञवाली, योगनारायण यादव, योगेश भट्टराई, रघुजी पन्त, रघुवीर महासेठ, रचना खड्का, रत्नेश्वर गोइत, रवीन कोइराला, रवीन्द्र अधिकारी (कास्की), रवीन्द्र अधिकारी (पूर्वी नवलपरासी), रवीन्द्र बैठा, राजबहादुर बुढा, राजकाजी गुरुङ, राजकुमार शर्मा, राजन दाहाल, राजन भट्टराई, राजन राई, राजु खड्का, राजेन्द्र कार्की, राजेन्द्रकुमार राई, राजेन्द्र गौतम, राजेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, राजेन्द्रसिंह रावल, राधा ज्ञवाली, रामकुमार राई, रामकुमार शर्मा, रामकुमार यादव, रामकुमार ज्ञवाली, रामचन्द्र झा, रामचन्द्र यादव, रामचन्द्र शाह, रामदयाल मण्डल, रामबहादुर थापा, रामकुमारी चौधरी, रामकुमारी झाँक्री, रामदीप आचार्य, रामप्रसाद सापकोटा, रामप्रीत पासवान, रामरतीदेवी राम, रामशरण बस्नेत, रामेश्वर फुयाँल, रामेश्वर राना, रामेश्वर राय, रुपा चौधरी, रेखा शमार्, रेणु चन्द, रेणु दाहाल, लक्ष्मण पन्त, लक्ष्मी पोख्रेल, लक्ष्मण पौडेल, लक्ष्मण ज्ञवाली, लक्ष्मीदत्त जोशी, लालबहादुर थापा, लालबाबु पण्डित, लालबाबु यादव, लालबहादुर विक, लीला गिरी, लीलानाथ श्रेष्ठ, लीलाबहादुर थापा, लीला भण्डारी, लीलामणि पोखरेल, लेखनाथ न्यौपाने, लेखराज भट्ट, वामदेव क्षेत्री, विजय गुरुङ, विजय पौडेल, विजय भण्डारी, विजय सुब्बा, विष्णुप्रसाद चौधरी, विष्णुप्रसाद पौडेल (महासचिव), विष्णु रिजाल, विष्णु रिमाल, विश्वनाथ प्याकुरेल, विश्वनाथ शाह, सन्तकुमार थारु, सन्तु दराई, सत्यनारायण मण्डल, सत्या पहाडी, सरला यादव, समिम अन्सारी, सरोज यादव, समिता कार्की, सावित्रीकुमार काफ्ले, सावित्रा भुसाल, सीता गिरी ओली, सीता पोखरेल, सीता पौडेल, सीता सुन्दास, सुकबहादुर रोका, सुजिता शाक्य, सुदन राई, सुमन प्याकुरेल केन्द्रीय सदस्य छन् । यस्तै सुधीर शाह, सुनिल मानन्धर, सुवासचन्द्र नेम्वाङ, सुरेश आले मगर, सुरेशकुमार राई, सुरेन्द्र कार्की, सुरेन्द्र पाण्डे, सुरेन्द्र मानन्धर, सूर्य थापा, सूर्यप्रकाश सुवेदी, सोमप्रसाद पाण्डे, सोम मिश्र, शक्तिबहादुर बस्नेत, शरदसिंह भण्डारी, शशि श्रेष्ठ, शत्रुघ्न महतो, शालिकराम जमकट्टेल, शान्ता चौधरी, शारदा सुवेदी, शिराज अहमद फारुखी, शिवकुमार मण्डल, सुशीला नेपाल, सुशीला सिंखडा, सुशीला सिरपाइली, शेरधन राई, शेरबहादुर केसी, शेरबहादुर तामाङ, शंकर पोख्रेल, श्याम श्रेष्ठ, श्रीनाथ बराल, श्रीमाया थकाली, श्रीप्रसाद शाह, श्रीराम ढकाल, हकिकुल्ला खाँ, हरि दाहाल, हरि पराजुली, हरिनारायण चौधरी, हरिनारायण महतो, हरिबहादुर चुमान, हरिबहादुर राई, हरिबोल गजुरेल, हरिराज अधिकारी, हरि राजवंशी, हिक्कत कार्की, हितमान शाक्य, हितबहादुर तामाङ, हितराज पाण्डे, हिमाल शर्मा, हेमकुमार राई, हेमराज भण्डारी, हेमराज शर्मा , हंशराज शाही, त्रिलोचन भट्ट, ज्ञानबहादुर भुजेल र ज्ञानु बस्नेत नेकपाको केन्द्रीय सदस्यमा चयन भएका छन् । रासस

कारोबार रकम बढ्ने क्रम जारी, मंगलबार ५३ करोडको सेयर किनबेच

काठमाडौं । केही दिनयता सेयर बजारमा कारोबार रकम बढ्ने क्रम जारी रहेकाे छ । नेपाल धितोपत्र बोर्डले केवाईसीमा कडाई गरेपछि एक्कासी घटेको कारोबार रकम पुनः सुधारतर्फ लागेको छ । मंगलबारको सेयर बजारमा ५३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिनको बजारमा कुल ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल १६० कम्पनीको कारोबार भएको बजारमा १० लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । कारोबार संख्या र रकम दुबैको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ३ लाख ८५ हजार कित्ता प्रमोटर सेयर २२ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । अन्ततः मंगलबारको बजार ४.३१ अंकले घटेर १३३२.८२ अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक २४ अंकले घटेको छ । उत्पादनमूलक, माइक्रोफाइनान्स र होटल समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।