विकासन्युज

सात वर्षपछि फेरी शुरु भयाे मिल्क होलिडे, दैनिक ५० हजार लिटर दुध खेर गयो

काठमाडौं । सात वर्षपछि फेरी मुलुकमा मिल्क होलीडे शुरु भएको छ । भारत लगायतका मुलकबाट दुध पाउडर, बटर बढी मात्रामा भित्रिएपछि स्वदेशी दुध विभिन्न प्रशोधन केन्द्रहरुले लिन छोडेसँगै मिल्क होलिडे शुरु भएको हो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाले मिल्क होलीडे इलामदेखि शुरु भएको बताए । उनकोअनुसार अहिले इलामस‌ँगै, चितवन, मेरङ, झापा, तेह्रथुम लगायतको स्थानमा मिल्क होलिडे शुरु भइसकेको छ । ‘विगतमा सिजनमा मिल्क होलिडे हुन्थ्यो,’ उनले भने ‘अहिले पहिलो पटक ड्राइ सिजन (अफसिजन, दुध कम उत्पादन हुने समय) मा मिल्क होलिडेको समस्या भोग्नु परेको छ ।’ याे भन्दा पहिले २०५७/६८ र २०६६/६७ सालमा मिल्क होलिडेको समस्या विकराल रुपमा भोग्नु परेको उनले जानकारी दिए । सहकारी संघले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले दुध विभिन्न सहकारी दुग्ध प्रसोधन गर्ने सहकारी संस्था तथा दुग्द विकास संस्थान (डीडीसी) दुध लिन भारी रुपमा कटौति गरेपछि दैनिक ५० हजार लिटर दुध बिक्री हुन नसकेको उनको भनाइ छ । सरकारी तथ्याङ्क अनुसार मुलुकमा दैनिक १९ लाख लिटर दुध उत्पादन हुन्छ । सहकारी संस्थाले मात्रै औसतमा ७ लाख लिटर दुध उत्पादन गर्दै आएको छ । यद्यपि नेपाली बजारमा ३/४ लाख दुध अपुग भएको केन्द्रीय दुग्ध सहकारी संघको भनाइ छ ।

नेपाल बङ्गलादेश बैंकको ७०औं शाखा धनकुटामा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ७०औं शाखा धनकुटा जिल्लाको राजारानीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र चौबिसे गाँउपालिकाका अध्यक्ष खजिन्द्र राईले संयुक्त रुपमा गरेका छन् । हाल बैंकले यस शाखा सहित बैंकले ७० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी, मूल्य २० लाख बढी पर्ने

काठमाडौं । केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलईडी टिभीभन्दा निकै राम्रो रहेको छ । साथै, यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यस टिभीको बजार मूल्य २० लाख रुपैयाँ भन्दा माथि पर्ने कम्पनीले जनाएको छ । स्काईवर्थको गुगल एन्ड्रोइड टिभी र मल्टि फङ्सनल टी टेबल पनि पनि सार्वजनिक गरिएको थियो । त्यस्तै, मल्लि फङ्सनल टी टेबल, टेबल मात्र नभई रेफ्रिजेरेटर, साउण्ड बक्स, मोबाइल चार्जिङ् यूनिट जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो । साथै, स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्तर्गत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने कम्पनीले जनाएको छ ।  

बीपीसीको २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड(बीपीसी)को २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । मंगलबार(आज) सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम कम्पनीले आ.ब. २०७३/७४ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राको नगद लाभांश दिने भएको छ । सो सभाले आ.ब. २०७४/७५ को लागि लेखापरीक्षण गर्नका लागि बीआरएस नेउपाने एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । साथै, नयाँ सेयर निष्काशन पश्चात् सर्वसाधारण सेयरधनीहरुको सेयरको अनुपात अनुसार सर्वसाधारण सेयरधनीको तर्फवाट दुई जना संचालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । यस कम्पनीले हालै चिनिया साझेदारहरु एससीआईजी इन्टरनेशनल लिमिटेड, जिङ्चेण्ड इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एण्ड ओवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेडसंगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मस्र्याङदी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङदी-२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका सेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ । सो आयोजनाहरुको बीचमा कम्पनीले नै अध्ययन गरेको १४० मेगावाटको लोअर मनाङ मस्र्याङदी आयोजना रहेको छ । उल्लेखित तीनै आयोजनाहरु नदी वेसिन आयोजनाको रुपमा नेपाली बजारलाई लक्षित गरी प्रचलित निर्देशिका बमोजिम क्षमता पुनरावलोकन गरी विकास गर्ने कम्पनीको लक्ष्य रहेकाे छ । त्यसैगरी, इन्फ्राको एसियासंगको संयुक्त लगानीमाहाल ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनातथा स्थानीय साझेदारसंगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । सो दुबै आयोजनाहरुमा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्ला स्थित ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

नापी कार्यालयका अधिकृत भागवत साह २ लाख ५० हजार घुससहित अीख्तयारको फन्दामा

काठमाडौं । साँखु, काठमाडौंका कार्यालय प्रमुख, नापी अधिकृत भागवत साह भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेका छन् । अख्तियारको गोकर्णेश्वर नपा वडा नं २ स्थित नयाँपाटीमा रहेको जग्गा कित्ता काट गरिदिएवापत सेवाग्राहीसँग घुस लिने क्रममा साह पक्राउ परेका हुन् । अख्यिारका प्रवक्ता रामेश्वर दंगालका अनुसार कार्यालय सहयोगी खेमराज भण्डारी मार्फत निज नापी अधिकृत भागवत साहलाई २ लाख पचास हजार घुसवापतको रकम लिइसकेको अवस्थामा साह पक्राउ परेका हुन् । अख्तियारको अनुसन्धानको क्रममा साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ० बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो २ लाख पचास हजार कायम गरी विशेस अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीसँगै सहयोगी भण्डारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

बैंक र ऋणीबीचको विवाद चुलिँदै, एकै महिना २० मुद्दा दायर, दुई बैंकको उठ्यो १० करोड १५ लाख

काठमाडौं । बैंक र ऋणीहरु बीचको विवाद बढ्दै गएको देखिएको छ । एकै महिना ३ वटा बैंकले ऋणीहरु विरुद्ध २० वटा मुद्दा दायर गरेको हो । मुद्दा दायर गर्नेमा सबैभन्दा धेरै नेपाल क्रेडिड एण्ड कमर्श बैंकले ११ जना ऋणीहरु विरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, एनआइसी एशिया बैंकले ९ जना, महालक्ष्मी बैंकले २ जना र प्रभु बैंकले २ जना विरुद्ध मुद्दा दायर गरेको हो । पछिल्लो समय ऋण असुली न्यायधिकरणको व्यस्थता लेखा प्रमुख प्रकाश कोइरालाले बताए । बैंकहरुले आधिकारीक धितो बिना नै ऋण दिनाले समस्या बढ्ने गरेको कोइरालाले बताए । उनले भने-‘अहिले ऋणीहरुले धितो लिलामी हुने डरले ऋण तिरिरहेका छन्, केहि बैंकहरुले बढी मुल्याङकन गरी ऋण प्रभाह गर्दा असुलीमा समस्या परिरहेको छ ।’ बैशाख महिनामा मात्रै न्यायाधिकरणले ३ थान मुद्दाको फैसलाबाट किनारा लगाएको छ । न्यायधिकरणले नविल बैंकको २ र हिमालयन बैंकको १ मुद्दा फैसला गरेको हो । यसैगरी, फैसलाबाट नै एनआइसी एशिया बैंकको ८ करोड र एनसीसी बैंकको २ करोड १५ लाख ९८ हजार असुली भएको छ । चालु आर्थिक वर्षमा न्यायधिकरणले ७६ वटा मुद्दाको फैसला गरेको छ । न्यायधिकरणले साउनमा २, भदौमा ३, कात्तिकमा १३, मंसिरमा ७, पुसमा १९, माघमा १०, फागुनमा ९, चैत र बैशाखमा ३ मुद्दाको फैसला गरेको हो । न्यु अनिल टेक्सटाइलले अझै तिरेन एनआइसी एसियाको ९ करोड न्यु अनिल टेक्सटाइल प्रालीले एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ कर्जा तिरेको छैन । कर्जा नतिरेपछि न्यायधिकरणले सञ्चालक मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाललाई गत चैत ७ गते पक्राउ गरेको थियो । टेक्सटाइललाई न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एशियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । तर १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले अग्रवालको पक्राउ परेका थिए । पक्राउ परेका टेक्सटाइल प्रालीका सञ्चालकले रकम तिर्न नसक्ने कागज गरिसकेले उनीहरुलाई २०७५ चैत ६ गतेसम्म प्रहरीले थुनामा राख्न सक्ने श्रेस्तेदार कोइरालाले बताए ।

गण्डकी विकास बैंकको शाखा घोराही र पर्सामा, १८ वटा थप्ने तयारी

काठमाडौं । गण्डकी विकास बैंकले दाङ्गको घोराही र चितवनको पर्सामा थप शाखा विस्तार गरेको छ । बैंकको घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले गरेका छन् । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ र कर्जा १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । बैंकले ५९ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सेवा दिने भएको छ । साथै, बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

सिजीको एयरकुलर नेपाली बजारमा, १२ महिना वारेण्टी

काठमाडौं । गर्मीयाम शुरु भएसंगै सिजीका एयर कुलरहरु नेपाली बजारमा भित्री सकेका छन् । विभिन्न आकर्षक मोडल र विशेषताहरु युक्त एयर कुलरहरु  बेग्ला बेग्लै क्षमता र स्वरुपमा रहेका छन् । ती एयर कुलरहरुमा बिलकुलै नयाँ क्वाड्रा फ्लो नामक टेक्नोलोजी राखिएको छ । जसको कारण यसले चौतर्फी हावा प्रवाह गर्दछ । यस एयर कुलरमा आइसच्याम्बर, हियुज वाटर ट्याङ्क, पावर फुल मोटरजस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् । यस कुलरहरुमा १२ महिनाको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।