पोर्शेले मार्जिन जोगाउन कारको मूल्य बढाउने र लागत कटौती गर्ने सम्भावना

  २०८१ फागुन २८ गते १७:०८     विकासन्युज

काठमाडौं । पोर्शेले कम बिक्री, उच्च लागत र व्यापार सम्बन्धी चिन्ताले सन् २०२५ को आम्दानीलाई असर गर्ने चेतावनी दिएको छ । कम्पनीले अमेरिकाद्वारा यूरोपियन युनियन (ईयू) आयातमा सम्भावित ट्यारिफ वृद्धिभन्दा अगाडि नै असर गर्ने चेतावनी दिएको हो ।

यसले पोर्शेलाई युरोपको प्रमुख स्टक सूचकांकमा सबैभन्दा ठूलो प्रतिशत गिरावट भोग्नुपर्ने स्थिति बनाएको छ ।

कार निर्माता कम्पनीले सम्भावित २५ प्रतिशत ट्यारिफ लागत उपभोक्ताहरूमा कसरी हस्तान्तरण गर्ने भन्ने मूल्याङ्कन गर्दै थियो । मूल्यांकनले मार्जिनमा दबाब नदिई बिक्री एकाइमा हुने गिरावटलाई सन्तुलित गर्न मूल्यवृद्धिको संकेत ग¥यो ।

आफ्नो अभिभावक कम्पनी फक्सवागनजस्तै पोर्शे पनि लागत कटौतीको अभियानमा छ । कम्पनीले करिब ४ हजार जागिर घटाउने र थप कटौतीको योजना बनाउँदैछ ।

पोर्शेले गत महिनामा चेतावनी दिएको थियो कि नयाँ आन्तरिक दहन इन्जिन र हाइब्रिड मोडेलहरूमा ८०० मिलियन यूरो (८७२.८० मिलियन) खर्चका कारण नाफामा असर पर्नेछ ।

पोर्शेको बिक्री गत वर्ष ३ प्रतिशतले घटेको थियो र यस वर्ष अझ कम बिक्रीको अपेक्षा गरिएको छ । पछिल्ला लगानीहरूका कारण मूल्यह्रासले यसको मार्जिनलाई केवल १०-१२ प्रतिशतमा झार्ने अनुमान गरिएको छ ।

यसले आफ्नो मध्यावधि नाफा मार्जिन लक्ष्य पनि घटाएको छ । जुन दशकको अन्त्यतिर मात्र पुग्ने अपेक्षा गरिएको छ ।

बिहान पोर्शेको सेयरहरू ४.५ प्रतिशतले घटे । जर्मनीको डीएएक्स सूचकांकमा प्रतिशतको हिसाबले सबैभन्दा ठूलो गिरावट देखाइरहेको थियो । विश्लेषकहरूले पोर्शेले बिक्रीमा आएको गिरावटलाई उच्च मूल्य निर्धारणद्वारा सन्तुलित गर्न नसक्ने जनाएका छन् ।

चीनमा सङ्घर्ष

पोर्शे स्टक बजारमा प्रवेश गरेपछि आफ्नो गरिमा गुमाउँदै आएको छ । विशेष गरी चीनमा पोर्शेले चीनमा निकै संघर्ष गरिरहेको छ । यहाँ २०२४ मा बिक्री २८ प्रतिशतले घटेको छ । चिनियाँहरू एक रियल स्टेट संकटले हल्लाएका कारण विलासी सामानहरूमा खर्च गर्न अनिच्छुक छन् ।

सस्तो देखिने उस्तै खालका उत्पादनहरूको वृद्धि, जस्तै शाओमीको एसयू सेभेनले जर्मन कार निर्माताहरूका सम्भावनाहरूलाई अझ कमजोर बनाएको छ । अडी, मर्सिडिज बेन्ज र बीएमडब्ल्यूले पनि चीनमा तीव्र बिक्री गिरावट दर्ता गरेका छन् ।

पोर्शेले आफ्नो सफ्टवेयर सुधार गर्ने योजना बनाइरहेको छ र आफ्नो विरासत डिजाइनलाई अघि बढाउन ग्राहकहरूलाई पुनः जित्ने प्रयास गर्ने कम्पनीले जनाएको छ ।

पोर्शेले कम बिक्री मात्रा हुँदाहुँदै पनि मार्जिन जोगाउन आफ्नो डिलर नेटवर्क र आफ्नै अपरेसनमा थप लागत कटौती गर्ने जनाइएको छ ।

ग्लोबल अपरेटिङ नाफा २०२४ मा २२.६ प्रतिशतले घटेर ५.६ अर्ब यूरोमा झरेको छ। (एजेन्सीहरूको सहयोगमा)

हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै