२०८१ फागुन २८ गते १२:३४ विकासन्युज
काठमाडौं । मासेराटीले आफ्नो एमसीट्वान्टी स्पोट्र्स कारको विद्युतीय संस्करणको योजना रद्द गरेको छ । यसको अपेक्षित माग कमजोर देखिएकाले योजना रद्द गरेको लक्जरी कार निर्माता कम्पनीले मंगलबार जानकारी दिएको छ ।
एमसीट्वान्टी फलगोर यस वर्ष सार्वजनिक हुने योजना थियो । मासेराटीले यो निर्णय व्यापारिक सम्भावनाका आधारमा लिएको हो किनकि आगामी वर्षहरूमा थोरै गाडीहरू बिक्री हुने अपेक्षा गरिएको मसारेटीका प्रवक्ताले जानकारी दिए ।
बजार अनुसन्धान अनुसार एमसीट्वान्टीका ग्राहकहरू शक्तिशाली पेट्रोल इन्जिनहरूलाई प्राथमिकता दिन्छन् र ’छिट्टै बीईभी (ब्याट्री विद्युतीय सवारी) मा रूपान्तरण हुन तयार छैनन्,’ प्रवक्ताले थपे ।
सन् २०२० मा सुरु गरिएको ६३० हर्सपावरको एमसीट्वान्टी मासेराटीको गृहनगर मोडेना, उत्तरी इटालीमा निर्माण गरिन्छ । यसको सुरुवाती मूल्य करिब २ लाख ४० हजार युरो (२ लाख ६२ हजार डलर) छ ।
यो खबर स्टेलान्टिसले नोभेम्बरमा युनियनहरूसँगको बैठकमा मसारेटीका पहिले घोषणा गरिएका विद्युतीकरण योजनाहरू पुष्टि गर्न अस्वीकार गरेपछि आएको हो ।
ब्रान्डले गत वर्ष मात्र ११ हजार ३०० सवारीसाधनहरू बेचेको थियो । २०२३ मा कम्पनीले २६ हजार ६०० बेचेको थियाे ।
इटालियन स्पोट्र्स कार निर्माता फरारीले अक्टोबरमा आफ्नो पहिलो ईभी सार्वजनिक गर्नेछ, जबकि फक्सवागन समूहको हिस्सा रहेको प्रतिस्पर्धी ल्याम्बोर्घिनीले २०२९ मा आफ्नो पहिलो ईभी ल्याउने योजना बनाएको छ । पोर्शेले २०१९ देखि ईभी मोडेलहरू प्रस्तुत गर्दै आएको छ । (एजेन्सीहरूको सहयोगमा)
हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने
निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा
मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
Copyright © 2025 Bikash Media Pvt. Ltd.