
काठमाडौं । जापानी अटोमोबाइल कम्पनी माज्दाले थाइल्यान्डमा ५ अर्ब भाट (१५० मिलियन डलर) लगानी गर्ने योजना बनाएको छ ।
उक्त लगानी इलेक्ट्रिक कम्प्याक्ट स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) उत्पादनका लागि गरिने थाइल्यान्डको लगानी बोर्डले बिहीबार घोषणा गरेको छ ।
‘यस लगानीको उद्देश्य थाइल्यान्डमा ईभी बिक्री बढाउनुका साथै जापान र अन्य दक्षिणपूर्वी एसियाली देशहरूमा निर्यात गर्नु हो । कम्पनीले वार्षिक १ लाख युनिट उत्पादन गर्ने लक्ष्य राखेको छ,’ माज्दाका अध्यक्ष मोरो मासाहिरो ले बताए ।
अटोमोबाइल उद्योगमा छाएको मन्दीको बीचमा नयाँ लगानी
थाइल्यान्डको अटोमोबाइल उद्योगले हाल मन्दीको सामना गरिरहेको छ । २०२३ मा उत्पादन पछिल्ला ४ वर्षयताको न्यूनतम स्तरमा पुगेको थियो ।
२०२४ मा थाइल्यान्डको घरेलु गाडी बिक्री २६.२ प्रतिशतले घट्यो, जसको मुख्य कारण बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिन कडाइ गर्नु हो ।
थाइल्यान्डको घरेलु ऋण कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को ८९ प्रतिशत पुगेपछि बैंकहरूले कर्जा नीति कडा बनाएका छन् ।
थाइल्यान्डः दक्षिणपूर्वी एसियाको अटोमोबाइल केन्द्र
थाइल्यान्ड दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अटोमोबाइल उत्पादन केन्द्र हो । टोयोटा, होन्डाजस्ता प्रमुख विश्वव्यापी गाडी निर्माताहरूले यहाँ आफ्नो उत्पादन र निर्यात केन्द्र स्थापना गरेका छन् ।
थाई उद्योग महासंघले २०२५ मा १५ लाख गाडी उत्पादनको भविष्यवाणी गरेको छ, जसमा १ मिलियन गाडी निर्यातका लागि र बाँकी घरेलु बजारका लागि हुनेछन् ।
थाइल्यान्डमा चिनियाँ ईभी कम्पनीहरूको आकर्षण
पछिल्ला वर्षहरूमा थाई सरकारले कर छुट र उपभोक्ता अनुदानजस्ता नीतिहरू अपनाएपछि चिनियाँ ईभी कम्पनीहरूले ठूलो मात्रामा लगानी गरेका छन् ।
चिनियाँ बीवाईडी र ग्रेट वाल मोटोरले थाइल्यान्डमा १०२.७ अर्ब भाट (३ अर्ब डलर) भन्दा बढी लगानी गरिसकेका छन् । (एजेन्सीहरूको सहयोगमा)
ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो
निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?
मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै
विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने