उर्जा व्यवसायीहरूले दुई वर्षदेखि बीमाको दाबी भुक्तानी पाएका छैनन् : अध्यक्ष कार्की

  २०८० फागुन ४ गते १७:३९     विकासन्युज

काठमाडौं । उर्जा व्यवसायीहरुले दुई वर्षदेखि बीमा दाबी भुक्तानी नपाएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताएका छन् । शुक्रबार इप्पानको आयोजनामा सञ्चालित ‘जलविद्युत, बीमा नीति र दृष्टिकोण’ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

नेपाललाई समृद्ध बनाउन पहिलो उर्जा र दोस्रो कृषि क्षेत्र भएको तर, आफूहरुले दुई वर्षदेखि बीमा कै दाबी भुक्तानी नपाएको उनले बताए । ‘यदि देश साच्चै बनाउने हो भने पहिलो उर्जा हो र दोस्रो कृषि क्षेत्र हो, तर उर्जा व्ययसायीहरुले बीमा दावी भुक्तानी नपाउदा समस्या परेको छ, दुई वर्षदेखि दाबी भुक्तानी पाएका छैनौं’, उनले भने ।

साथै बीमामा २ रुपैयाँको प्रीमियमलाई ८ रुपैयाँ तिर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको उनले बताए । अर्थमन्त्रीले भुक्तानीको लागि कम्पनीहरुलाई निर्देशन दिँदापनि कार्यान्वन नभएको उनको भनाइ छ । ‘मन्त्रीज्यूले निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको छैन, नेपालका बीमा कम्पनीले बीमा गर्न नसक्ने भए विदेशका कम्पनीबाट बीमा गर्न पाउनुपर्छ’, उनले भने, ‘४६ खर्बको विद्युतको बीमा गर्न नसक्ने अवस्था आएपछि हामी विदेशी बीमा कम्पनी बाट बीमा गर्न तयार छौं’, अध्यक्ष कार्कीले भने ।

उनले अहिलेसम्म विद्युत कम्पनीहरुले ७ अर्ब बढीको बीमा भुक्तानी नपाएको भन्दै बीमाको दाबी भुक्तानी नदिने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरे । साथै, स्थानीय तहले बारम्बार पत्र पठाएर जलविद्युत कम्पनीलाई रोयल्टी बुझाउन ताकेता गरिरहेको भन्दै उनले सो विषयले जलविद्युत कम्पनी ठूलो मारमा परेको बताए ।

पीपीए गरेका कम्पनीहरुले पनि बैंकबाट ऋण नपाएको उनको भनाइ छ । ‘३६ सय मेगावाट पीपीए भएर बसेका छन् तर, बैंकमा जादा पैसा पाउन सकेका छैनौं, रास्ट्र बैंकलाइ पनि अर्थमन्त्रीले पुर्नकर्जाको लागि निर्देशन दिनुपर्यो’, अध्यक्ष कार्कीले भने ।

One comment on "उर्जा व्यवसायीहरूले दुई वर्षदेखि बीमाको दाबी भुक्तानी पाएका छैनन् : अध्यक्ष कार्की"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.