निरन्तर ब्याजदर घटाउँदै एनआईसी एशिया, पुसमा पनि घट्यो, कति छ ?

<p>काठमाडौं । पछिल्लो केही महिनादेखि एनआईसी एशिया बैंकले निरन्तर ब्याजदर घटाउँदै आएको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । यसअघि कात्तिकको तुलनामा बैंकले मंसिरमा पनि ब्याजदर घटाएको थियो । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो केही महिनादेखि एनआईसी एशिया बैंकले निरन्तर ब्याजदर घटाउँदै आएको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । यसअघि कात्तिकको तुलनामा बैंकले मंसिरमा पनि ब्याजदर घटाएको थियो ।

बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । यसअघि मंसिरमा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । सोही साधारण बचत खातामा बैंकले कात्तिकमा ६.००३ प्रतिशतदेखि ८.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको छ ।

Share News