३५ रुपैयाँमा पाइने प्याजको मूल्य ६० पुग्यो, भ्याट लगाउँदाको असर

  २०८० जेठ २२ गते १०:५१     विकासन्युज

काठमाडौं । सरकारले प्याजमा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि मूल्य बढ्न थालेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् प्याजको मूल्यमा १३ प्रतिशत भ्याट लगाउँदा त्यसको असर मूल्यमा पर्न थालेको हो ।

बजेट अघिसम्म ३५ रुपैयाँ किलोको हाराहारीमा रहेको प्याज पछिल्लो समय ६० रुपैयाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सोमबारको तथ्यांक अनुसार सुकेको भारतीय प्याज प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतिकिलो न्यूनतम ५० रुपैयाँ रहेको सुकेको भारतीय प्याजकाे मूल्य सोमबार किलोमै ८ रुपैयाँले बढेको हाे । तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार सुकेको भारतीय प्याजको न्यूनतम ५०, अधिकतम ५२ र औसत ५१ रुपैयाँ थियो ।

यस्तै, सोमबारको तथ्यांक अनुसार न्यूनतम ५८, अधिकतम ६० र औसतमा ५९.२० रुपैेयाँ तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ तरकरीमा १३ प्रतिशत भ्याट लगाइएको असर मूल्यमा परेको बताउँछन् ।

‘बजेटकै कारण प्याज, आलु लगायतका तरकारी मूल्य बढेको हो, भारतीय बजारबाट आयात गरेका अधिकांश वस्तुको मूल्य बढ्छ’, उनले भने ।

उनले बजारमा आलु तथा प्याजकोे मौज्दात नहुँदा मूल्य बढेको हुन सक्ने अनुमान गरिएको बताए ।

One comment on "३५ रुपैयाँमा पाइने प्याजको मूल्य ६० पुग्यो, भ्याट लगाउँदाको असर"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.