लक्ष्मी लघुवित्तको सीईओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

  २०८० वैशाख १३ गते ७:२५     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रेष्ठ नियुक्त भएका छन् । लघुवित्तको सीईओ प्रकाशराज शर्माको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सुन्दर प्रसाद श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

सीईओ शर्माको कार्यकाल बैशाख १७ गते सकिने भएपछि श्रेष्ठले बैशाख १८ गतेदेखि लघुवित्तको सीईओको कार्यभार सम्हाल्ने छन् । श्रेष्ठलाई आगामी ४ वर्षको लागि लघुवित्तको सीईओमा नियुक्त गरेको बताइएको छ ।

लक्ष्मी लघुवित्तमा विगत १० वर्षदेखि कार्यरत श्रेष्ठ हाल नायव महाप्रबन्धक छन् । लघुवित्त क्षेत्रमा २० वर्षको अनभुव सँगालेका श्रेष्ठले निर्धन उत्थान लघुवित्तबाट आफ्नो करियर सुरु गरेका हुन् । उनीसँग विकास बैंकमा काम गरेको पनि अनभुव छ ।

लघुवित्त क्षेत्रमा साढे ३ दशकभन्दा बढी काम गरेका शर्मा आगामी दिनमा पनि यहि क्षेत्रमा नै सक्रिय रहने बताउँछन् । साढे ४ दशक बैंकिङ्ग क्षेत्रमा काम गरेका शर्मा लघुवित्त संस्थाहरुको संस्थापक मध्येमा पर्छन् ।

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत रहेका शर्मा आगामी दिनमा पनि लघुवित्त क्षेत्रको विकास, विस्तारको लागि सक्रिय रहने बताउँछन् । तर, कार्यकारी भूमिकामा भने नरहने उनले बताए ।

‘अब कार्यकारी तहमा बसेर सक्रिय नभएपनि वित्तीय क्षेत्रमा कलम चलाउने, लबिङ गर्ने, मेरो अनुभव, ज्ञानलाई आदान प्रदान गर्ने काम गर्छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.