लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्वाचित

  २०७९ फागुन २९ गते १७:२५     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । संस्थाको सोमबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

संस्थाका संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रहेको छ ।

सभाबाट संचालक समितिमा समूह ‘ख’ सर्वसाधारण सेयरवालाको प्रतिनिधित्व गर्ने संचालक पदमा डा.गणेश भट्टराई र सविना उपाध्याय पुनः निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाले देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको छ ।

विभिन्न प्रदेशमा ३ वटा प्रादेशिक कार्यालयहरु समेत स्थापना गरेको यस संस्थाले माघ मसान्तसम्म ६ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब ४७ करोड बचत संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.