राष्ट्रिय वाणिज्य बैंकको ११ योजना : सजिलै कर्जा प्रवाह गर्नेदेखि विभिन्न देशमा कार्यालय खोल्नेसम्म

  २०७९ माघ १० गते १४:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ११ योजना सार्वजनिक गरेको छ । मंगलबार ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको आगामी ११ योजना सार्वजनिक गरेका हुन् ।

बैकले योजना अन्तर्गत कर्जा प्रवाह प्रक्रियालाई छिटो, छरितो र सरल बनाउन लोन ओरिजिनेसा एण्ड अप्रुभल अटोमेसन सिस्टम लागु गर्ने जनाएको छ ।

यस्तै, बैंकले वैदेशिक मुद्रामा ऋण प्राप्ती, ऋणपत्र जारी गर्ने, म्युच्यल फण्ड जारी गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाउने योजना बनाएको छ ।

यसका साथै बैंकले लो संख्यामा नेपाली कामदार रहेका मुलुकहरु जस्तै दुबई, कतार, मलेसिया, जापान तथा कोरियाबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिटान्स् ल्याउन त्यस्ता मुलुकहरुमा सम्पर्क कार्यालय खोली रेमिटान्स् प्रतिनिधि पठाउने व्यवस्था गर्ने योजना पनि बनाएको छ ।

यस्तो छ बैंकको ११ योजना

१। बैंकको स्वीकृत रणनैतीक योजना (Strategic Plan 2020-2025) बमोजिम कार्यक्रमहरुलाई समयावधी सहितको कार्ययोजना बनाई निरन्तरता दिईने ।

२। कर्जा प्रवाह प्रक्रियालाई छिटो, छरितो र सरल बनाउन Loan Origination and Approval Automation System लागु गरिने ।

३। बैंकका सम्पुर्ण म्यानुयल, कार्यविधि, नितिहरुलाई समयसापेक्ष बनाउन आवश्यकता अनुसार पुनरावलोकन, परिमार्जन तथा पुर्नलेखन गरिने ।

४। बैंकका सम्पूर्ण प्रक्रियाहरु, कार्यविधि एवं पद्धतिहरुलाई सुधार गरी बैंकलाई हरेक पक्षबाट सुदृढ बनाउन तथा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न Business Process Re-engineering (BPR) को कार्यलाई थप प्रभावकारी बनाई तिव्रता प्रदान गरिने ।

५। बैंकको सूचना प्रविधि सम्बन्धी संरचनालाई समयसापेक्ष तथा सुदृढ बनाउने योजना बमोजिम सुरु गरिएको IT Enhancement Roadmap बमोजिम नयाँ CBS खरिद प्रक्रिया सम्पन्न गरिने ।

६। बैंकका सम्पूर्ण अचल सम्पत्तिहरुको उचित व्यवस्थापनका लागि तर्जुमा गरिएको Asset Utilization Plan कार्यान्वयन गरी समुचित प्रतिफलको सुनिश्चतता गरिने ।

७| अनावश्यक खर्च कटौती तथा नियन्त्रणका लागि आ.व. ०७९/८० को बजेट तथा कार्यक्रममा उल्लेखित Cost Control & Reduction Project लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने ।

८। बैदेशिक मुद्रामा ऋण प्राप्ती, ऋणपत्र जारी गर्ने, म्युच्यल फण्ड जारी गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाईने।

९। ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकहरु जस्तै दुबई, कतार, मलेसिया, जापान तथा कोरियाबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिटान्स् ल्याउन त्यस्ता मुलुकहरुमा सम्पर्क कार्यालय खोली रेमिटान्स् प्रतिनिधि पठाउने व्यवस्था गरिने ।

१०। जोखिम व्यवस्थापन तथा AML/CFT का क्षेत्रलाई थप व्यवस्थित र सुदृढ गरिने ।

११। संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरु संचालन गरिने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.