एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने

  २०७९ साउन १० गते १६:०१     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । २०७८ सालको एसईई (माध्यामिक शिक्षा परीक्षा)को परीक्षाफल सार्वजनिक हुने अन्तिम तयारीमा छ । यो अवसरमा विद्यार्थीलाई परीक्षाफल थाहा पाउन सहज बनाउने हिसावले नेपाल टेलिकमले विभिन्न माध्यमबाट परीक्षाफल हेर्न मिल्ने व्यवस्था मिलाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने उक्त परीक्षाफल कल गरेर (आईभीएस), एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

साथै, नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने कम्पनीले जानकारी गराएको छ ।

त्यस्तै, एसएमएस मार्फत पनि उक्त परीक्षाफल हेर्न सकिने छ । मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान (स्पेस) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर एसईई स्पेश सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउन सकिने छ ।

त्यसैगरी, विद्यार्थीले टेलिकमको वेबसाइटबाटै पनि मार्कसिट सहितको नतिजा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । उक्त परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पछि मात्रै हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.