लक्ष्मी लघुवित्तले ग्राहकलाई दियाे खेलौना बनाउने तालिम

  २०७९ जेठ ३० गते १५:४९     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काठमाडौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । जेठ २८ र २९ गते संचालन भएको तालिममा २५ जना ग्राहक सदस्यको सहभागिता रहको थियो ।

तालिम कार्यक्रममा संस्थाका नायव महाप्रबन्धक सुन्दर प्रसाद श्रेष्ठले तालिमलाई तालिममा मात्र सिमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा उतार्दै सफल उद्यमी बनी अन्य सदस्यहरुलाई पनि उद्यमशिलता प्रति प्ररेणाको स्रोत बन्नुपर्ने बताएका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.