काठमाडौं । मंगलबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । लामो समय कारोबार रोक्का भएर खुलेको बैंकको सेयरर मूल्य दोश्रो कारोबारको दिन पनि १० प्रतिशतले घटेको हो ।
सोमबारजस्तै मंगलबार कारोबार शुरु भएको केही समयमै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमाँ झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३६.७० रुपैयाँले घटी हो ।
दोश्रो बजारमा बैंकको सेयर कारोबार करिब १३ महिनापछि जेठ १६ गते खुल्यो । सो दिन पनि कारोबार खुल्नासाथ बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो ।
यससँगै यो दुई दिनमै बैंकको सेयर मूल्य प्रतिकित्ता ७७.४९ रुपैयाँले घटिसकेको छ । कारोबार रोक्का हुनभन्दा अघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँमा कारोबार भएको थियो ।
बैंकको सेयर कारोबार २०७८ बैशाख ३१ गतेदेखि रोक्का भएको थियो । हिमालयन बैंकसँग मर्जर प्रकृयामा जानको लागि नेप्सेले सो दिनदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।