लक्ष्मी लघुवित्तले ग्राहकलाई दियाे सीपमूलक तालिम

  २०७९ जेठ १० गते १५:१७     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले नुवाकोट जिल्लाको बट्टार र धादिङ जिल्लाको महादेववेशी शाखामा आवद्ध ग्राहकहरुलाई सीपमूलक तालिम दिएकाे छ । बैंकले उनीहरुलाई व्यवसायिक कुखुरापालन र उन्नत तरकारी खेती तालिम प्रदान गरेको हाे ।

जेठ ६ गते देखि ९ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ७३ जना ग्राहक सदस्यहरुलाई सहभागी रहेकाे थियो ।

तालिमको माध्यमबाट ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गरी कर्जाको उपयोग व्यवसायिक उत्पादनशिल क्षेत्रहरुमा मात्र प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको संस्थाले जनाएकाे छ । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.