लक्ष्मी लघुवित्तको एक प्रदेश र तीनवटा शाखा कार्यलयको शुभारम्भ

  २०७९ जेठ १० गते १३:४४     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले एक प्रदेश कार्यालय र ३ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा तथा संस्थाका सञ्चालन समितिका सदस्य गणेश भट्टराईले संयुक्त रुपमा उक्त कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

लघुवित्तले प्रदेश १ मा प्रदेश कार्यलयका साथै मोरङ्ग जिल्लाको सुन्दरहरैचा, झापा जिल्लाको राजगढ र शिवसताकक्षीमा शाखा कार्यलय संचालनमा ल्याएको हो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शर्माले संस्थामा आवद्ध ग्राहक सदस्यहरुलाई वित्तिय कारोबारहरु डिजिटल माध्यमको प्रयोग गरी उच्चतम लाभ लिन सकिने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.