‘२ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओमा कोटा दिन्छाैं’

  २०७९ वैशाख २३ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताए । उनले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने वितिकै लागू गरिने बताए ।

अध्यक्ष हमालले पछिल्लो समय अत्याधिक रुपमा शेयर बजारमा उतारचढाव आउनु सबै क्षेत्रको लगानी सन्तुलन नहुनु भएको बताएका छन् । बजारमा ठूलो लगानी भएको क्षेत्र समावेश गराउने प्रयास भइरहेको उनको भनाई छ ।

शेयर बजारमा ठूला रियल क्षेत्रका कम्पनीलाई बुक विल्डिङ मार्फत ल्याइने अध्यक्ष हमालले बताए । रियल क्षेत्रका कम्पनीलाई शेयर बजारमा बुक विल्डिङ मार्फत बजारमा ल्याउन चुनौती रहेको उदको भनाई छ। उदले पछिल्लो समय बुक विल्डिङ सिस्टमका विषयमा गलत प्रचार भएकाले त्यसलाई पारदर्शिता बनाएर लानु पर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै अध्यक्ष हमालले एनआरएनलाई पनि ३ महिनाभित्रमा नेपाली शेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताए । उनले नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय अनुसार शेयर मार्केट शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.