ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्न जरुरी छ : सीइओ कार्की

  २०७९ वैशाख २३ गते १५:१८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताएका छन् । उनले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताए ।

कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको पनि बताए । बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको उनले जानकारी दिए ।

शेयर बजारलाई परिपक्व बनाउन शेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनको भनाई छ ।

यस्तै उनले साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने र  रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

कार्कीले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्न छिटै कार्यदल गठन गरेर अध्ययन अघि बढाउने तयारीमा नेप्से रहेको बताए ।

हाल संचालनमा रहेको ओटिसी प्लाटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले सात लाखभन्दा बढी कम्पनीहरु रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा २५२/५४ कम्पनी मात्रै हाल ओटिसीमा आवद्ध भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.