आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले गत वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फागुन ५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव [&hellip;]</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले गत वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फागुन ५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ ।

संस्थाले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि ७.३७ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

Share News