प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी १ अर्ब १७ करोड नाघ्ने

  २०७८ माघ २५ गते १२:०२     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा भने घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा ८.४२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.