एचआइडिसिएलले पायाे वित्तीय संस्थाको मान्यता

  २०७८ माघ १६ गते १६:५१     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो ।

कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ । संस्थाको कूल पूँजी २२ अर्ब बराबर छ ।

सीईओ अर्जुन गौतमले राष्ट्र बैंकले एचआईडिसिएललाई जलविद्युत क्षेत्रमा सह–वित्तीयकरण कर्जा अन्तर्गत नेतृत्व गर्ने अनुमति दिएको बताए ।

‘यो हाम्रो लागि ठूलो अवसर हो, म यो कम्पनीको सीईओ भएर आएदेखि नै राष्ट्र बैंकबाट यो् खालको अनुमतिका लागि पहल सुरु गरेको थिएँ, यसको लागि ८÷९ महिना समय लाग्यो, तर पनि राष्ट्र बैंकले हामी माथि ठूलो विश्वास गरेको छ, यो विश्वास कायम राख्दै व्यवसायिक सफलताका लागि अघि बढ्छौं,’ सीईओ गौतमले भने ।

राष्ट्र बैंकले हालै दिएको अनुमति अनुसार अबदेखि एचआईडीसीएलले जलविद्युत क्षेत्रमा कर्जा लगानी गर्दा सह–वित्तीयकरण (कन्सोर्टिएम) कर्जामा नेतृत्व गर्न पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.