हकप्रदको लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

  २०७८ माघ १३ गते ८:३४     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी माघ २१ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ३० प्र्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यससँगै बुक क्लोजको अघिल्लो दिनसम्म अर्थात माघ २० गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिनसक्ने छन् ।

२०७७ चैत ९ गते सम्पन्न इन्स्योरेन्सको पन्ध्रौं तथा सोह्रौं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई एक कित्ता सेयर बराबर नयाँ ०.३ कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

इन्स्योरेन्सले एक सय अंकित दरको ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सम्बन्धित सामाग्रीः दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.