६१ अंकले घट्यो नेप्से, आईसीएफसी र महालक्ष्मीको सेयरमा लाग्यो नकारात्मक सर्किट

  २०७८ कार्तिक २३ गते १२:४७     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । नियमित कारोबार खुलेको साढे १ घण्टामा नेप्से परिसूचक ६१.२९ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१७ प्रतिशतले घटी हो ।

दिउँसो १२ बजेर ३५ मिनेट जाँदा परिसूचक सो मात्राले घटेर २७६८.३५ बिन्दुमा झरेको छ । यो अवधिसम्म २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी साहस उर्जाको कारोबार भएको छ । कम्पनीको १७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म दुई संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

सोमबार बढेर सकारात्मक सर्किट लागेको यी दुई संस्थाको सेयरमा आज नकारात्मक सर्किट लागेको छ । यससँगै आईसीएफसी फाइनान्सको सेयर मूल्य १०६.३० रुपैयाँले घटेर ९५६.७० रुपैयाँ र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ८८ रुपैयाँले घटेर प्रतिकित्ता ७९३ रुपैयाँमा झरेको छ ।

घटेको बजारमा पनि तेह्रथुम पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३६३ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.