साहस उर्जाको सेयर मूल्यमा लाग्यो सर्किट, प्रतिकित्ता कति पुग्यो ?

  २०७८ कार्तिक १४ गते ११:५९     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै साहस उर्जाको सेयर मूल्यमा सर्किट लागेको छ । नियमित समयमा कारोबार शुरु भएको केही समयमै संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

संस्थाको पहिलो कारोबार प्रतिकित्ता ४०५.३० रुपैयाँमा भएको थियो । त्यसको केही बेरमै संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता ४४५.८० रुपैयाँ पुगेको छ ।

सेयर बिक्रीकर्ता भन्दा खरिदकर्ताको चाप बढी भएसँगै संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कूल ३ लाख २१ हजार ९८९ कित्ता सेयर खरिदको लागि लगानीकर्ताहरु इच्छुक देखिन्छन् भन्ने बेच्न इच्छुक कोही पनि छैनन् ।

हालै आईपीओ जारी गरेको संस्थाको कूल ३ करोड ५० लाख कित्ता साधारण सेयर गत बिहीबार (कार्त्तिक ११ गते) नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको थियो । नेप्सेले दोश्रो बजारमा कारोबार गर्नको लागि संस्थाको स्टक सिम्बोल एसएएचएएस तोकिएदिएको थियो ।

नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्यूनतम १३५.११ र अधिकतम ४०५.३३ रुपैयाँ तोकिदिएको थियो । यससँगै आईतबार संस्थाको पहिलो कारोबार अधिकतम मूल्य अर्थात ४०५ रुपैयाँबाटै शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.