काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी कूल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।