सिटिजन्स बैंकले तोक्यो बुक क्लोजको मिति, कहिलेसम्मका सेयरधनीले पाउँछन् लाभांश ?

  २०७८ असोज १३ गते १०:१७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आगामी असोज २२ गते बुक क्लोज गर्ने भएको छ । बैंकले आफ्नो १५औं साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन सेयरधनी दाखिल खारेज बन्द गर्ने निर्णय गरेको हो ।

असोज १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यससँगै असोज २१ गतेसम्ममा सेयर किनेका अर्थात सेयर होल्ड गरेका सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । साथै, उनीहरु सभामा सहभागि हुन पनि योग्य हुनेछन् ।

सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रतिशत १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव असोज ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १२.९१३ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ ।

प्रस्तावित १६ प्रतिशत लाभांश तीन वर्षयताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, बैंकले आव २०७५/७६ र आव २०७४/७५ बाट क्रमशः १५ प्रतिशत र ५.२६३ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने सेयरधनीलाई १७ प्रतिशत खुवाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.