दुई कम्पनीका लगानीकर्ताः जसको सम्पत्ति १० प्रतिशतले बढ्यो

  २०७८ असोज १२ गते १५:०५     विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा दुई कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढेको छ । दिनभरको कारोबारमा ७० अंकले घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युत कम्पनीका लगानीकर्ताको भर्च्युअल सम्पत्ति १० प्रतिशतले बढेको हो ।

जसमध्ये सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य १५९.३० रुपैयाँले बढेर प्रतिकित्ता १७५३ रुपैयाँ पुगेको छ ।

यो लघुवित्तको दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै सेयर मूल्य बढिरहेको छ । शुरुवाती दिनमा सामान्य रुपैयाँले बढेपछि पछिल्ला केहि दिनदेखि भने लघुवित्तको सेयर मूल्यमा दैनिक सर्किट लेभलमा बढिरहेको छ । यससँगै आजको दिनमा संस्थाको १० कित्ता सेयर हुनेको सेयरधनीको सम्पत्ति बढेर १७ हजार ५३ रुपैयाँ पुगेको छ ।

७० अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम बढ्यो, तीन शीर्षकमा कुमारी बैंक अगाडि

त्यसैगरी, मैलुङ्ग खोला जलविद्युतको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । अघिल्लो दिन प्रतिकित्ता २२६ रुपैयाँमा सेयर कारोबार भएको कम्पनीको सेयर मूल्य एकैदिनमा बढेर प्रतिकित्ता २४८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २२.६० रुपैयाँले बढी हो ।

त्यस्तै, मंगलबारको टप गेनरको तेश्रो स्थानमा मेगा बैंक रहेको छ । बैंकको सेयर मूल्य १.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३५६.८० रुपैयाँले बढी हो । जुन अघिल्लो दिनको तुलनामा ६.९० प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.