ङादी ग्रुपका सेयरधनीलाई बोनसपछि हकप्रद पनि, चुक्ता पुँजी २ अर्ब नाघ्ने

  २०७८ साउन ३१ गते १७:२०     विकासन्युज

काठमाडौं । ङादी ग्रुप पावरले सेयरधनीले बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । साउन ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कामय चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, संस्थाले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, कम्पनीले प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।

संस्थाको उक्त प्रस्तावलाई संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले बोनस र हकप्रद सेयर पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ५८ करोड ९१ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ पुग्ने छ । त्यसमा पनि २०० प्रतिशत हकप्रद सेयरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ ।

One comment on "ङादी ग्रुपका सेयरधनीलाई बोनसपछि हकप्रद पनि, चुक्ता पुँजी २ अर्ब नाघ्ने"

  • Buddhiman says:

    Chal khal maja sanga vako dakheyo 1month vitra dabal mathe shear ko vou janu ra bonus and raight ko kura aunu k ho kuro

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.