३१४० बिन्दुसम्म पुगेको नेप्सेमा रेकर्ड ब्रेक, १० कम्पनीको मूल्यमा सर्किट

<p>काठमाडौं । मंगलबार जस्तै बुधबारको बजारले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ । बजारमा नेप्से परिसूचक उच्चतम ३१४०.४० बिन्दुसम्म पुगेर ३१२३.१५ बिन्दुमा फर्किएको छ । जुन हालसम्मकै दैनिक क्लोजिङ्को उच्च बिन्दु हो । मंगलबारको तुलनामा भने बुधबारको बजार १२.०५ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको बजारमा [&hellip;]</p>

काठमाडौं । मंगलबार जस्तै बुधबारको बजारले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ । बजारमा नेप्से परिसूचक उच्चतम ३१४०.४० बिन्दुसम्म पुगेर ३१२३.१५ बिन्दुमा फर्किएको छ । जुन हालसम्मकै दैनिक क्लोजिङ्को उच्च बिन्दु हो ।

मंगलबारको तुलनामा भने बुधबारको बजार १२.०५ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको बजारमा १५ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ अर्ब ६ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका २२५ कम्पनीमध्ये अपि पावरको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ७९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य भने प्रतिकित्ता ५६४.३० रुपैयाँ रहेको छ ।

त्यस्तै, नयाँ उचाईमा पुगेको बजारमा १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश कम्पनी हाइड्रो समूहका रहेका छन् ।

बुधबारको बजारमा ७ समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूह १२५ अंकले घटेको छ भने हाइड्रोमा उछाल देखिएको छ । हाइड्रो समूह एकैदिन १९४.०७ बिन्दुले बढेको छ ।

Share News