अर्थमन्त्रालयले ढुङ्गानालाई ३ दिनको समय दिएर स्पष्टिकरण साेध्याे

<p>काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा ढुंगानाकी छोरीले लगानी गरेकाे विषयमा उनलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो । मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण दिन भनेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न उल्लेख गरिएकाे छ [&hellip;]</p>

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा ढुंगानाकी छोरीले लगानी गरेकाे विषयमा उनलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण दिन भनेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न उल्लेख गरिएकाे छ ।

पत्रमा लेखिएकाे छ, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका बाेर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयकाे ध्यानाकर्षण भएकाे छ, सञ्चार माध्यममा आएका उक्त विषयवस्तुकाे सम्बन्धमा सत्यतथ्य यथार्थता के हाे ? साेकाे स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुराेध छ ।’

Share News