प्रिओपनको कारोबार सीमा घट्यो, न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसामा झर्यो

  २०७८ असार १० गते १३:४३     विकासन्युज

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दोश्रो बजारको प्रारम्भिक कारोबार सत्र (प्रिओपन सेसन)को कारोबार सीमा घटाएको छ । नियमित कारोबार हुनुभन्दा अघिको सेसनको कारोबार सीमा घटाएर २ प्रतिशतमा झारेको हो ।

बोर्डले असार १० गते बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल ५ प्रतिशत रहेको मूल्य परिवर्तन सीमालाई घटाएर २ प्रतिशत कायम गरेको हो ।

त्यस्तै, बोर्डले दोश्रो बजारमा कारोबार हुदाको मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ । नयाँ व्यवस्थासँगै बोर्डले नियमित समयमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमा घटाएर १० पैसा कायम गरेको छ । जुन हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेको छ ।

प्रि ओपनको नयाँ व्यवस्था कार्यान्वयन पश्चात उक्त समयको कारोबार थप व्यवस्थित हुने छ । यससँगै हाल सूचीकृत कम्पनीको सेयर मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नको लागि उक्त सीमालाई घटाइर्एको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी गराएका छन् । जसबाट सेयर किन्ने र बेच्ने दुबैले प्रतिस्पर्धी मूल्यमा किनबेच गर्न सक्नेछन् र कारोबार समेत वृद्धि हुने बोर्डले जनाएको छ ।

साथै, न्युनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने प्रवक्ता गिरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.