काठमाडौं । धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सुचिकृत कम्पनी दोस्रो बजारमा कारोबार गर्नको लागि जोखिमयुक्त भनेको छ ।
बोर्डले एक विज्ञप्ति प्रकाशित गरी जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताको पक्षमा काम गर्नको लागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त देखिएको बोर्डको भनाई छ ।
‘विगतको १ वर्ष अवधिमा सुचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३ सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सुचिकृत संगठित संस्थाहरु छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको थियो, उक्त सुचिकृत संगठित संस्थाहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यी हुन जोखिमयुक्त ५१ कम्पनी
[pdf id=280093]