ज्योति लाईफका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने

  २०७७ फागुन १९ गते १८:३३     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने भएका छन् । कम्पनीले फागुन २१ गते अर्थात शुक्रबारदेखि निष्काशन गर्ने प्राथमिक सेयर (आईपीओ)मा सो कम्पनीमा काम गर्ने कर्मचारीहरुले १ हजार १५ कित्ता सेयर पाउने भएका हुन् ।

कम्पनीले कर्मचारीका लागि कुल निष्काशित सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सेयर छुट्याएको छ । हाल कम्पनीमा ३ सय २८ जना कर्मचारी रहेका छन् । ३ लाख ३० हजार कित्ता सेयर ३ सय २८ जना कर्मचारीलाई भाग लगाउँदा १ हजार १५ कित्ता सेयर भागमा पर्छ ।

कम्पनीले शुक्रबार एक सय रुपैयाँ अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामुहिक लगानीकर्तालाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारण नागरिकहरुका लागि निष्काशन गरिएको छ ।

कम्पनीका अनुसार सर्वसाधारणले ६ दिनभित्र अर्थात फागुन २६ गतेसम्म आवेदन गरिसक्नु पर्नेछ । फागुन २२ गते शनिवार र २४ गते महिला दिवस परेकोले आईपिओको बिक्री ६ दिनसम्म हुने भएको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् । तर सबैलाई पर्न सक्ने सम्भावना भने न्यून छ । आईपीओ बिक्री भइसकेपछि २ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी हुने कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकेको छ । उक्त सेयर निष्काशनको लागि संस्थाले केयर नेपालबाट त्रिबल बी को रेटिङ पाएको छ ।

सम्बन्धित सामग्री

ज्योति लाइफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.