काठमाडौं । साताको पहिलो दिन सेयर बजार खुलेदेखि नै राताम्ये देखिएको छ । बजार घट्दा रातो रंगले संकेत दिन गरिन्छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का यो समाचार तयार पार्दा (१२ः१८ बजे) सम्म पुँजी बजार मापक नेप्से परिसुचक करिब साढे २ प्रतिशतले घटेको छ । सो समयसम्ममा परिसुचक २.४५ प्रतिशतले घटेको हो ।
सो समयसम्ममा बजार ६२.६८ अंकले (२.४५ प्रतिशतले) घटेको छ । यस्तै, ६० लाख ३२ हजार ४७४ कित्ता सेयर ३ अर्ब ३६ करोड ८६ लाख ४८ हजार ८५७ रुपैयाँमा खरिद विक्री भएका छन् ।
नेप्सेका अनुसार अधिकांश उपसुचक घटेका छन् । यद्यपि, होटल तथा पर्यटन उपसुचक भने १८.१८ अंकले बढेको छ ।
बैंकिङ समुह ४५.११ अंकले, ट्रेडिङ समुह २.६४ अंकले, विकास बैंक समुह ६१.४९ अंकले, जलविद्युत समुह ४४.७४ अंकले, फाइनान्स समुह १७.६४ अंकले, निर्जीवन बीमा समुह १४६.४४ अंकले, उत्पादनशील समुह ११०.१६ अंकले, अन्य समुह ६४.५४ अंकले, लघुवित्त समुह ११७.७१ अंकले, जीवन बीमा समुह ४६४.४४ अंकले, म्युचअल फण्ड समुह ०.१९ अंकले र इन्भेष्टमेन्ट समुहको उपसुचक ३.४६ अंकले घटेका छन् ।

घटेको बजारमा पनि चन्द्रागिरी हिल्सको सेयर मूल्य बढेर सर्किट लेबलमा पुगेको छ । सो कम्पनीको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ ।

सम्बन्धित सामग्री