बीमा समितिले ध्यान नदिँदा बीमा कम्पनीहरुलाई कारबाही गर्दै धितोपत्र बोर्ड र राष्ट्र बैंक

  २०७७ माघ २७ गते १०:१६     विकासन्युज

काठमाडौं । बीमा क्षेको नियामक निकाय बीमा समिति हो । तर, समितिले कम्पनीहरुलाई कम्प्यायन्स पालना गराउन नसक्दा अन्य क्षेत्रका नियामक निकायहरुले धमाधम कारबाही गर्न थालेका छन् ।

बीमा समितिले कम्पनीहरुलाई समयमै वार्षिक साधारणसभा गराउन वाध्य बनाएको छैन । समितिको यही कमजोरीको फाइदा लिदै कतिपय बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ कै वार्षिक साधारणा गरेका छैनन् ।

यस्तै, अहिले संचालनमा रहेका सबै बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा गराएका छैनन् । सो आर्थिक वर्षको साधारणसभा पनि गत पुस मसान्तसम्ममा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । सरकारी लगानी रहेका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले भने साधारणसभा नगराएको एक दशकभन्दा बढी समय भइसकेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल), एसियन, गुराँस, आइएमई, युनियन, सननेपाल, रिलायबल र सानिमा लाइफले आर्थिक वर्ष २०७५/७६ कै साधारणसभा गरेका छैनन् । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरु शिखर र राष्ट्रिय बीमा कम्पनीले पनि सो आर्थिक वर्षको साधारणसभा गरेका छैनन् ।

कारबाही गर्दै राष्ट्र बैंक र धितोपत्र बोर्ड

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति हो । समयमै साधारणसभा नगरेको कारण समितिले कम्पनीहरुलाई खासै कारबाही गरेको छैन । तर, बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डले भने बीमा कम्पनीहरुलाई कारबाही गरिरहेका छन् ।

बीमा कम्पनीमाथि कारबाहीको सिलसिला भने नेपाल राष्ट्र बैंकले सुरु गरेको थियो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकिकृत निर्देशनमा परिमार्जन तथा नयाँ व्यवस्था गर्दै आर्थिक वर्ष समाप्त भएको १ वर्ष पूरा हुँदा समेत वार्षिक साधारणसभा नगर्ने कम्पनीहरुको सेयर धितो राखेर कर्जा दिन नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले सेयरधितो राखेर कर्जा लिन चाहने बीमाका सेयरधनी सो सुविधाबाट बन्चित हुनुपरेको छ । सेयर बजारमा मूल्य राम्रोसँग बढिरहेका बीमा कम्पनीहरुको सेयर धितो राखेर कर्जा लिनै नपाइने अवस्था सिर्जना हुन लाग्दा पनि नियामक निकाय बीमा समितिले भने त्यति चासो देखाएको छैन ।

पछिल्लो समय धितोपत्र बोर्डले बीमा कम्पनीहरुमाथिको कारबाहीलाई तिब्रता दिएको छ । समयमै वित्तीय विवरण नबुझाएको भन्दै समितिले केही समयअघि मात्रै सरकारको पनि स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का गराएको थियो । यस्तै, निर्धारित समयमा वित्तीय विवरण नबुझाएकोले बोर्डले हिजो मात्रै गुराँस लाइफको सेयर काराबोर पनि बन्द गराएको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’

सिइओ नियुक्तिमा आलटाल गर्दै ४ बीमा कम्पनी, समितिले पनि दिएन ध्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.