महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.२६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव माघ २० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी ९.२६ प्रतिशत [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.२६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव माघ २० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News