महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

  २०७७ माघ २१ गते १०:५९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.२६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव माघ २० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.