निफ्राको आईपीओ अपडेटः प्रिअलोटमेन्ट भोलि, बाँडफाँड कहिले ?

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को प्रिअलोटमेन्ट भोलि बुधबार(माघ १४ गते) हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार माघ ६ गते निष्काशन बन्द भएकाे कम्पनीको आईपीओको प्रिआलोटमेन्ट भोलि हुने भएको हो । क्यापिटलले दिएकाे जानकारी अनुसार मंगलबारसम्म सेयर आवेदन भेरिफाइ गरि सकेर बुधबार प्रिअलोटमेन्ट गर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को प्रिअलोटमेन्ट भोलि बुधबार(माघ १४ गते) हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार माघ ६ गते निष्काशन बन्द भएकाे कम्पनीको आईपीओको प्रिआलोटमेन्ट भोलि हुने भएको हो ।

क्यापिटलले दिएकाे जानकारी अनुसार मंगलबारसम्म सेयर आवेदन भेरिफाइ गरि सकेर बुधबार प्रिअलोटमेन्ट गर्ने तयारी भइरहेको छ । त्यस्तै, आगामी शुक्रबार अर्थात माघ १६ गते सेयर बाँडफाँड गर्ने योजना भएको उनले बताए ।

बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म निष्काशन गरेको आईपीओमा इतिहासकै बढी  आवेदन परेकाे छ । क्यापिटलले दिएकाे जानकारी अनुसार आईपीओमा कूल १५ लाख २९ हजार ४६० जना आवेदकले कूल १८ कराेड १२ लाख ८६ हजार ७२० कित्ता सेयर अर्थात १८ अर्ब १२ कराेड ८६ लाख ७२ हजार रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा २.३९ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर मात्रै माग गरेकाे थियाे ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।

Share News