भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न अध्यक्ष गाेल्छाकाे माग

  २०७७ माघ ११ गते १८:१७     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहिलेसम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गरेका हुन् । प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाई छ ।

यस्तै भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गरे । यसबाट व्यापारीहरु त्रसित हुने मात्र नभई व्यवसायिक विकृति समेत उत्पन्न हुने खतरा बढेको बताए । भन्सार मूल्याङ्कन र वर्गिकरण यथार्थपुरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीेले सरकार व्यवहारिक रुपमा निजी क्षेत्र मैत्री रहेको बताएका छन् । निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवस्यकता अनुसार कानूनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भवन नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.