ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

  २०७७ पुष २९ गते ११:१२     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २८ गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४.८४५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५२ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.