ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

<p>काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २८ गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव [&hellip;]</p>

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २८ गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४.८४५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५२ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

Share News